१७ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

यो आन्दोलन र यसको क्षतिको जिम्मेवार दुर्गा प्रसाईं : गृह मन्त्रालय



काठमाडौं– सरकारले आजको आन्दोलन र त्यसबाट उत्पन्न स्थितिको जिम्मेवार दुर्गा प्रसाईं भएको ठहर गरेको छ । 

गृह मन्त्रालयले दिनभरको स्थितिबारे ब्रिफिङ गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयले यस्तो बताएको हो। मन्त्रालयका अनुसार प्रसाईंले मर्यादा नतोडेको भए यतिका क्षति हुने थिएन । 

यसका लागि सूचना र जानकारी संकलन गरी अनुसन्धान गरेर आएको निष्कर्ष अनुसार प्रसाईंमाथि कारबाही हुने गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । उनका अनुसार आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका कीर्तिपुर–४ का सविन महर्जनको उपचारका क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको छ । 

अन्य तीन जना प्रदर्शनकारीको आईसीयूमा उपचार हुँदैछ । यता अन्य १५ जना प्रदर्शनकारी र सुरक्षाकर्मीतर्फ पनि १५ जना नै घाइते भएको उनको भनाइ छ । 

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ८ : १५ बजे