
गौरीगंज २४, फागुन / राजवंशी भाषाको पहिलो होली गीत ‘आसिल फागुवा’ नामक गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । होली पर्वको अवसरमा फागुन २१ बुधबारका दिन साझ ५ बजे बरिष्ठ गायक बलराम राजवंशीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । राजवंशी समुदायको डोल पावनी अर्थात होली पर्वको संस्कृतिक महत्वलाई जर्गेना र सम्बर्द्ध गर्ने उद्येश्यले तयारी गरिएको म्युजिक भिडियो गीतमा झापा गौरादह नगरपालिका वार्ड नं. –८, भुडेसिमलका रुपक राजवंशीले शब्द भरेका छन् भने गीतको स्किृप्ट राईटर र प्रोडुसर रुपक राजवंशी नै हुन् । गीतको म्युजिक भिडियोमा रुपक दाजुको अभिनयमा छन् । वरिष्ठ गायक बलराम राजवंशी, गायकहरु प्रमोद राजवंशी, निकिता राजवंशीको स्वरमा तयार गरिएको गीतको म्युजिक कम्पोजिसन वरिष्ठ गायक बलराम राजवंशीले गरेका छन् ।
म्युजिक भिडियोमा कलाकारहरु सन्तोष राजवंशी, हेम राजवंशी, छिमेकी देश भारतका प्रतिमा सिंह, नेहा राजबंशी, रुपक राजवंशी, ममता राजवंशी छन् भने डान्स कोरियोग्राफर निर्देशक हेम राजवंशी, सह– निर्देशक नारायण राजवंशी, छायांकनमा साजर क्रिएसन सेभेन स्टुडियो, ड्रेसका नमस्ते टेलरिङ्ग हाउस रहेका छन् । बाल कलाकार हेलेन राजवंशीसंगै कमेडिमा लोक प्रसाद राजवंशी, सरद राजवंशी र चन्द्र राजवंशी र ३० जना बन्दा वढी बेक डान्सर कोरसमा डान्सरहरुसहित ५० जना भन्दा बढिलाई गीतमा समावेश गरिएको छ ।
गीतको स्व्रिmप्ट राईटर र प्रोडुसर रुपक राजवंशी ए वन कपि उधोग एन्ड प्रिन्टिङ्ग प्रेसका प्रोप्राइटर हुन । उहाँले थुप्रै गीत लेख्नु भएता पनि भिडियो सहित सार्वजनिक गरिएको यो पहिलो गीत हो । उहाँ राजवंशी समाज विकास समितिका झापा जिल्ला सदस्य र राजवंशी उद्योग व्यवसाय विकास समितिको संस्थापक अध्यक्ष हुन् ।
होली अर्थात फगुवाको पहिलो एैतिहासिक गितमा राजवंशी समुदायले होली पर्व मनाइने विधिलाई चित्रण गरिएको छ । ठाकुर देउतालाई पो (पुवा) चढाउँने फाग (अविर) चढाउने बाँसका पिच्कारी जस्ता मौलिक परम्परालाई म्युजिक भिडियोमा समावेश गर्नुले आसिल फगुवा बोलको म्युजिक भिडियोलाई निकै चर्चामा ल्याईदिएको छ । कोच राजवंशी भाषाको आसिल फगुवा नामको यो भिडियो म्युजिक गीत कोच राजवंशी समुदायमा निकै चर्चामा रहेको छ ।