७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

कचनकवलमा भीषण आगलागी,तीनवटा दमकल परिचालन , आगो अझै नियन्त्रण बाहिर



झापा, फागुन ३ । झापाको कचनकवल –६ कमलबस्तीमा भीषण आगलागी भएको छ । आज राति ८ बजेतिर कमल खतिवडाका छोरा चेतन खतिवडाको माथिल्लो तला काठ र तल्लो तला पक्की भएको दुईतले घरमा आगलागी भइरहेको हो । पुजा कोठाबाट अचानक आगो सल्किएको आशंका गरिएको छ । आगो निभाउन तीनवटा दमकल , सुरक्षाकर्मी खटिरहेका छन् । भद्रपुर , बिर्तामोड र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी र स्थानीय आगो निभाउन लागिपरेपनि अझै आगो नियन्त्रणमा आइनसकेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए । आगो निभाउनेक्रममा दुईजना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीबाट ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : १८ बजे