![](https://kochilanews.com/wp-content/uploads/2025/02/arjun1-768x576.jpg)
पत्रकार अर्जुन राजवंशीद्वारा कार्यपत्र प्रस्तुत
काठमाडौं २६, माघ / राजवंशी भाषा, साहित्यको विषयमा शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच संवाद तथा विमर्श गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागद्वारा आयोजना गरिने नियमित कार्यक्रम ूमातृभाषा साहित्य श्रृङखलाू को १९ औं श्रृङ्खलामा राजवंशी साहित्यको विषयमा सिर्जना, संवाद र विमर्श गरिएको हो । कार्यक्रममा राजवंशी भाषा, साहित्य विषयमा पत्रकार अर्जुन राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले राजवंशी जातिको इतिहास, भाषा, साहित्य, कला र लिपिका विषयमा अनुसन्धानात्म कार्यपत्र प्रस्तुत गरेका थिए ।
![](https://kochilanews.com/wp-content/uploads/2025/02/arjun5-768x355.jpg)
उनको कार्यपत्रमाथि प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञ राजन मुकारूङ, अनुसन्धानविद डा.सोमबहादुर धिमाल, राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी, सुशील सुब्बा र अञ्जु राजवंशीले टिप्पणी गरेका थिए । कुलपति राईले हजारौं वर्षको इतिहास बोकेको राजवंशी जाति वर्तमान अवस्थामा मुलुकमा पिछडिएको तथा राज्य संयन्त्रका हरेक क्षेत्रमा पछि पार्नु दुखद् भएको टिप्पणी गरे । प्राज्ञ मुकारूङले राजवंशी भाषा साहित्यको विकासमा राज्यको ध्यानाकर्षण हुन जरूरी रहेको बताए ।
![](https://kochilanews.com/wp-content/uploads/2025/02/arjun2-768x576.jpg)
राज्यको विकास र परिवर्तनमा भूमि पुत्र राजवंशीको सयौं विघा जमिन निःशुल्क दान लिएर विद्यालय बनाएको तर, अहिले त्यही विद्यालयमा राजवंशी जातिले आफ्नो मातृभाषा पढ्न नपाउनु ठूलो विडम्बना भएको सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । उनीहरूले मातृभाषा बारेको संवाद तथा विमर्शलाई निरन्तरता दिन सुझाएका छन् । कार्यक्रममा मैथिली, रानाथारू र सुनुवार जातिका तीन जना कविले आआफ्नो मातृभाषामा लिखित कविता वाचन गरेका थिए ।
![](https://kochilanews.com/wp-content/uploads/2025/02/arjun4-768x629.jpg)