२३ माघ २०८१, बुधबार | Thu Feb 6 2025

कारको ठक्करबाट मोटरसाइकल चालक चन्द्रप्रसाद राजवंशी गंभीर घाइते



झापा २३ , माघ / झापाको गौरीगञ्ज– पाडाजुंगी सडकखण्डमा कारको ठक्करबाट मोटरसाइकल चालक गंभीर घाइते भएका छन् । आज साँझ ५ः५० बजे गौरादह नगरपालिका वडा न.२ दाहाल चोकस्थित गौरीगञ्ज –पाडाजुंगी सडकखण्डमा गौरादहबाट पाडाजुंगीतर्फ आउँदै गरेको प्र.१–०२–००२ च ४३६९ नम्बरको कार र बिपरीत दिशाबाट जाँदै गरेको प्रदेश न.१–०१–०१७ प २६०८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा न.६ बस्ने ३१ वर्षीय चन्द्रप्रसाद राजवंशी गंभीर घाइते भएका छन् ।

टाउको र दुबै हातमा चोट लागेका राजवंशीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । मोटसाइकल, कार र कार चालक इटहरी –१ बस्ने ४४ वर्षीय तीर्थराम अधिकारीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरादहमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : २७ बजे