दमक २८, पुस / आठौँ राष्ट्रिय भक्का दिवस दमक नगरपालिका कार्यालयले बिशेष महत्वसाथ मनाएको छ । दमक नगरपालिकाले पुर्वी तराईका आदिवासी समुदायको परम्परागत सास्कृतिक पहिचानसंग जोडिएको भाक्काको प्रवर्द्धन गर्दै सस्कृति संरक्षणका लागि कार्यलय प्राङ्गणमा नै सामुहिक रूपमा भाक्का दिवस मनाएको हो । राजवंशी समाज विकास समिति दमकको समन्वयमा आज दिउँसो आयोजित सो कार्यक्रम दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको सभापतित्व र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा दमक क्षेत्रमा दशकौंदेखि भाक्काको ब्यवसाय गर्दै आएका तीन जना महिलालाई सम्मान गरिएको छ । त्यस्तै ६२ जनालाई भाक्का ब्यवसाय प्रवर्द्धनका लागि प्रोत्साहन सामग्री प्रदान गरिएको छ । सम्मानित हुने ब्यवसायीहरुमा ललिता राजबङ्शी ,शान्ती कहार र कम्पन खवास रहेका छ्न । उनीहरु तीस बर्ष अघिदेखि भाक्का बनाएर बेच्ने पेशामा छ्न । सम्मानसगै ६२ जनालाई हटकेस, सिल्बरको आरी र नाङ्गलो प्रदान गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कर्मचारी जमुना पौडेलले जानकारी दिइन ।
२९ पुस २०८१, सोमबार
406
Shares