१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

“सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेँ’’ बुवा र भाइकाे हत्या गरेपछि मिलनकाे बयान



भक्तपुरको सूर्यविनायक नगरपालिका(२, बालकोटमा बुवा र भाइको हत्या गर्ने जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीण आचार्यको हत्याको आरोपमा जेठा छोरा मिलन आचार्यलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो ।मिलनले बुवा र भाइ दुबैको हत्या स्वीकारेका छन् ।

५६ वर्षीय कुलप्रसाद आचार्य बालकोटमा डेरा लिएर बसेका छोराहरू प्रबिन र मिलनलाई भेट्न आइपुगेका थिए । बुढेसकालमा भएपनि लाइसेन्स लिने चाहनाले पनि कूलप्रसाद भक्तपुर पुगेका थिए ।

जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङका निमित्त प्रमुख समेत रहेका कुलप्रसाद केहि दिनअघि छोराहरू बस्ने कोठामा पुगेका थिए । तर, शनिबार मासु भात खाएर सुतेका बुवा कुलप्रसाद र २२ वर्षीय कान्छा छोरा प्रवीण सोमबार बिहान मृत अवस्थामा भेटिए।

आइतबार बिहानदेखि नै बाहिरबाट ताला लागेकोले सोही घरमा भाडामा बस्ने अन्य व्यक्तिहरूले देखेका थिए ।आचार्य दाजुभाइ बस्ने उक्त फ्ल्याटमा चार कोठा रहेको छ । दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । छेउकै कोठामा बस्ने छिमेकीहरूका अनुसार कोठामा बाहिर ताला लागेको देखेपछि उनीहरूले बाहिर कतै गएको सोच्दै खासै चासो राखेनन् । तर सोहि दिनभर तथा रातभर सम्म पनि कुनै चालचुल नपाएपछि उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थल पुगेर ढोकाको ताल्चा फोड्दा दुइ फरक फरक कोठामा बाबुछोरा मृत भेटिए ।तर, कोठामा कुलप्रसादका २५ वर्षीय जेठा छोरा मिलन भने कोठामा भेटिएनन् । जसपशचात् प्रहरीले फरार रहेका मिलनको खोजी सुरू ग(यो । प्रहरीका अनुसार उनी आइतबार बिहान नै बालकोटस्थित कोठाबाट बाहिरिएका देखिन्थे । मिलन फेला परिरहेका थिएनन्। तर अचानक मंगलबार बिहान उनी आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरे । उनले आफूले नै बालकोटमा बुबा र भाइलाई मारेको स्वीकारे ।
्उनले आत्मसमर्पण गरेपछि थप सोधपुछका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली महाराजगन्ज पुगेको थियो । महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे प्रश्न गरे ।

मिलनमा मानसिक असन्तुलनको समस्या

प्रहरीका अनुसार मिलनको मानसिक अवस्था ठिक देखिँदैन । उनले प्रेमिकासँगको तनावले आफ्नो मन अस्थिर रहेको प्रहरीसँग बताएका छन् । अर्कोतर्फ, उनले पारिवारिक तनावका कारण पनि आफू यो अवस्थासम्म पुगेको जिकिर गरेका छन् । पटक(पटक लोक सेवा आयोगको परीक्षामा असफल भएपछि मानसिक रूपमा विक्षिप्त थिए मिलन । कैयौं प्रयास गर्दा पनि, बुबाको सरकारी जागिर खाएको देख्ने सपना पुरा गर्न नसकेपछि उनी डिप्रेसनमा पुगेका थिए । सोहि तनावमा बुबाले समेत आत्महत्या प्रयास गरेको मिलनको भनाइ छ। त्यही दिनदेखि उनले बुवालाई खुसी पार्न नसकेको अनुभूति भइरह्यो। ूसोहि क्रममा,सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ,’’ उनले बयानमा भनेका छन् । यसैरगी, घटना घटेको उनको भनाइ छ। मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेका थिए ।

मिलनले बुवा र भाइको हत्या गरेपछि आत्महत्याको समेत प्रयास गरेको दाबी गरेका छन् । तर उनको प्रयास सफल नभएपछि उनी भौतारिएका थिएँ । जसपश्चात् उनले आत्मसमर्पण गरेका हुन् ।

मिलनलाई अब जिल्ला प्रहरी परिसर भक्तपुर पठाइने भएको छ । यसका साथै, प्रहरीले उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउने भएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : ५४ बजे