१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

बिबिएस चौथो वर्षको परीक्षामा निशा राजवंशी नेपाल प्रथम



झापा, मंसिर २४ । २०८० सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको बिबिएस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज विराटनगरकी छात्रा नेपाल प्रथम भएकी छन्।

विराटनगर ७ स्थित मेरील्याण्ड कलेजकी छात्रा निशा राजवंशी नेपालमै सर्वाधिक ८६.२ प्रतिशत अङ्क ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो । कलेजले उक्त अङ्क त्रिविको इतिहासमा हालसम्मकै उच्च अङ्क रहेको पनि दाबी गरेको छ। त्यस्तै एलिशा पोख्रेलले ८३.४ प्रतिशत ल्याएकी छन् ।जम्मा ९७ विद्यार्थी सामेल भएको परीक्षामा डिसटिङ्गसन अङ्क ल्याई १२, प्रथम श्रेणीमा ३२,दोस्रो श्रेणीमा १७ विद्यार्थी उत्तीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशत ८१ रहेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । ‘यो रिजल्ट अर्को ऐतिहासिक उपलब्धि हो ’ढकालले भने । यसअघि २०७६ सालमा सोही कलेजका किंजल पोख्रेलले त्रिविबाट टपर बनी तत्कालीन प्रधानमन्त्री डा . बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ८ : ४२ बजे