२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

माओवादी केन्द्र गौरीगंजद्वारा शुभकामना आदानप्रदान, ५१ जनाले गरे रत्तदान



गौरीगंज १०, कार्तिक / नेकपा माओवादी केन्द्र गौरीगंजद्वारा शुभ दिपावली, नेपाल सम्बत, छठ तथा एकादशी पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित शिवालय मन्दिरको सभाहलमा शुक्रवार माओवादी केन्द्र गौरीगंज गाउँकार्य समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो । नेकपा माओवादी केन्द्र गौरीगंजका कार्यवाहक अध्यक्ष कुलप्रसाद गिरीको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमसंगै रक्तदान कार्यक्रमसमेत राखिएको थियो । रक्तदान कार्यक्रमा ५१ जनाले रक्तदान गरेका थिए । नेकपा माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राजु आर्चाय ( अग्नी) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौरीगंज गाउँपालिका भरिका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गौरीगंज उपशाखाको समन्वय साथै दमक रक्त संचारको प्राविधिक सहयोग रहेको थियो ।

शुभकामना कार्यक्रमका अवसरमा माओवादी केन्द्र गौरीगंजको विभिन्न भातृ संगठनहरु निर्माण गरिएको छ । गौरिगञ्ज गाउँ कमिटी द्वारा आयोजित कार्यक्रममा भिम कुमारी चामलिङ्को अध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)२७ सदस्यीय गौरिगञ्ज गाउँ कमिटी निर्माण गरिएको छ । त्यसै गरी दिवस कार्कीको अध्यक्षतामा वाइसीएल नेपाल ३५ सदस्यीय गाउँ कमिटी निर्माण गरिएको छ । साथै बिक्रम ताजपुरियाको अध्यक्षतामा अखिल नेपाल बिधार्थी संघ क्रान्तिकारी १७ सदस्यीय कमिटी निर्माण गरिएको छ । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य दुर्गा चौलागाई(श्रीकान्त), प्रदेश कमिटि सदस्य तथा वाइसेल केन्द्रिय सदस्य, कोशी प्रदेश इन्चार्ज डम्बर पोलामी कर्म, प्रदेश कमिटि सदस्य तथा गौरीगंज इन्चार्ज चन्द्रमोहन राजवंशी, कोचिला राष्ट्रिय मोर्चाका महासचिव कृते राजवंशी, वाइसेल जिल्ला इन्चार्ज निशान मगर, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विवेक दाहाललगायतको सहभागिता थियो । सुवास मैनालीद्वारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन राजेन्द्र राईले गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ०५ बजे