१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा सबैभन्दा बढी बेरुजु बिर्तामोडमा, गौरीगंजमा १ दशमलव ९० मात्र



गौरीगंज १४, जेठ / झापाका पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोडमा भएको पाइएको छ । आर्थिक बर्ष ०७९ ÷८० को लेखापरीक्षण प्रतिवेदन अनुसार बिर्तामोडमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो । आइतबार महालेखा परीक्षकको कार्यालयले ६१औँ बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ४.५४ प्रतिशत बेरुजु रहेको पाइएको छ । मेचीनगर नगरपालिका बाहेक अन्य १४ पालिकाको सार्वजनिक प्रतिवेदनमा कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिका बढी बेरुजु भएको दोस्रो र तेस्रो पालिकाको सुचिमा रहेको छ । कनकाईको ३.९१ र अर्जुनधाराको ३.५५ प्रतिशत बेरुजु रहेको छ । सबैभन्दा कम झापा गाउँपालिकामा ०.५७ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयले ७५३ मध्ये ७४८ पालिकाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ९ : २८ बजे