१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज –५ फत्तेपुर स्थित १५१ नं. सीमा पिलर रङ्गरोघन



गौरीगंज२०, पुस / झापाको गौरीगंज गाउँपालिका अन्तर्गत नेपाल भारत सिमाना १० गजा क्षेत्रमा रहेका पिल्लरहरुमध्ये फत्तेपुर स्थित १५१ नं. सीमा पिलर आज शुक्रबार रङ्गरोघन गरिएको छ । सिमानामा रहेका पिल्लरहरु निर्माण मर्मत कार्यमा सहभागी रहेका नेपाल भारत संयुक्त प्राविधिक टोलीले दिएको जानकारी अनुसार झापाको रतुवा खेला देखि पूर्वको माई खोलासम्म साना ठुला गरी २२८ वटा पिल्लर रहेकामा नेपाल तर्फबाट बेजोर संख्या भएका सीमा पिलरहरु मर्मत तथा रङ्गरोघन गरिएको जनाएको छ ।
झापा जिल्ला भित्रका सीमा पिल्लरहरु मर्मत र निर्माणका क्रममा गौरीगंज क्षेत्रको १० गजाको पिल्लरहरु अवलोकन गरी निर्माण गर्ने कार्य शुरु गरेको छ । कार्यक्रममा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणी आँपगाई, शसस्त्र सीमा सुरक्षा बल गौरीगंजका डिएसपी विष्णुहरी घिमिरे, प्रहरी निरीक्षक अरविन्द कुमार साह, वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो, वार्ड नं. ५ का अध्यक्ष विजय कुमार सिंह गन्गाई, भारततर्फबाट एसएसबीका शेरसिंहलगायत भारतीय सुरक्षाकर्मीहरुले संयुक्तरुपमा पिल्लरहरुको निरीक्षण र अनुगमन गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : २४ बजे