१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अध्यक्ष राईले एक बिद्यार्थीलाई निजी खर्चमा दिए ह्वीलचियर



कमल / झापाको कमल गाउपालिकाका अध्यक्ष हुकुम सिङ्ग राईले सोमबार गौरादह ५ को जनज्योती आधारभुत बिद्यालय शारीरिक रूपमा अशक्त बिद्यार्थी उद्दब बस्नेतलाई बिद्यालय आवतजावतमा सहजताका लागि ह्वीलचियर प्रदान गरेका छन्।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा कोशी प्रदेश समिति सदस्य समेत रहेका पालिका अध्यक्ष राइले बस्नेतलाई आफनो सचिवालयका प्रतिनिधि रोशन दाहाल मार्फत सो सहायता सामग्री गरेका हुन ।

अध्यक्ष राईले अपाङगता भएका कोही पनि नागरिकले समस्या झेल्नु परिरहेको भए त्यसको समाधानका लागि आफनो तर्फबाट सहयोग गर्न तयार रहेको पनि बताएका छन ।

शारिरीक अपाङगता कसैले चाहेर हुने समस्या नभएकाले यसलाई समस्याको रुपमा नभई एउटा चुनौतीका रुपमा लिएर सामना गर्न आग्रह गर्दै आफनो साथ सहयोग सदैब रहने पनि जनाए ।

कक्षा ३ मा अध्ययनरत बस्नेतले अब बिद्यालय आवतजावतमा सहजताको अनुभव गर्न पाउने र शिक्षाको अवसरबाट बञ्चित हुनु नपर्ने बिद्यालयका प्रधानाध्यापक नेत्र खडकाले बताए ।

कांग्रेसले हरेक बर्ष १६ पुषमा मनाउँदै आएको मेलमिलाप तथा राष्टिय एकता दिवसको सन्दर्भ पारेर गौरादह ५ मा कांग्रेस जिल्ला सदस्य पिताम्बर दाहाल, वडा सभापति ताराकुमार श्रेष्ठ, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको उपस्थिती उपस्थितीमा सो सामग्री हस्तान्तरण गरिएको हो ।

अध्यक्ष राईले यसअघि पनि आफनो जन्मदिनको अवसर पारेर बर्षेनी अपाङगता भएकाहरुलाई ह्वीलचियरका साथै जिवनयापनमा मद्धत पुग्ने किसिमका सहयोगहरु गर्दै आएका छन ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : २० बजे