१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मेलमिलाप तथा एकता दिवसमा कांग्रेसले गर्यो सेवामुलक काम




दमक/ नेपाली कांग्रेसले हरेक बर्ष मनाउँदै आएको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसर पारेर दमकमा अन्तरक्रियासहित बाल आश्रमलाई सहयोग हस्तान्तरण गरिएको छ । कांग्रेसको झापा क्षेत्र नं ५ (ख)को आयोजनामा दमक ९ स्थित दमक बाल आश्रममा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य महेन्द्रकुमारी लिम्बुले महामानव वीपि कोइरालाले लिएको तत्कालिन अवस्थामा राजासँग मिलेर प्रजातन्त्र स्थापनाको लागि गरेको प्रयत्नबाटनै मुलुकमा राजनीतिक अधिकार स्थापित भएको उल्लेख गरिन । कांग्रेसनै मुलुकको अभिभावक पार्टीका रुपमा रहेकाले यसको इतिहास र बिरासतलाई कायम राख्दै सबै दलहरु कांग्रेसले लिएको प्राजतन्त्रको बाटोमा हिंडनु सुखद भएको बताइन ।
उनले राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भुमिका खेलेको कांग्रेसले  जनताको अवस्था परिवर्तनमा पनि उचित नीति लिएको बताइन । कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले मुलुकको मुल पार्टीका रुपमा कांग्रेस रहेको बताउँदै कांग्रेसले यस्ता ऐतिहासिक महत्व दिनहरुलाई बिर्सिन नहुने उल्लेख गरे । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले पार्टी भित्रको आन्तरिक एकता बलियो नभएसम्म पार्टी बलियो नहुने र पार्टी बलियो नभई मुलुकलाई बलियो बनाउन नसकिने भएकाले आन्तरिक एकतामा जोड दिए ।
कांग्रेसले जनतासँग जोडिएर सेवामुलक काम गर्नुपर्ने वीपिको विचार रहेकाले वीपि विचारलाई आत्मसाथ गर्दै यस किसिमको कार्यक्रम गरिएको आयोजक पार्टीका प्रदेश सभा क्षेत्र (ख)का कोषाध्यक्ष दिनेश अधिकारीले बताए । उनले त्यहाँ आश्रमका बालबालिकालाई आवश्यक पर्ने एलपी ग्याँस, आलु, प्याज, फलफुल लगायतका भान्सामा उपयोगी सामग्रीहरु प्रदान गरिएको जनाएका छन ।
प्रदेश सभा क्षेत्र खका सभापति रवि केसी न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा  पार्टीका कोशी प्रदेश समिति सदस्य भुमिराज राई, महासमिति सदस्यहरु सुरेश सुब्बा, अइन्द्र केरुङ, डा. नेत्र बुढाथोकी, महाधिवेशन प्रतिनिधिहरु राजन ढुंगाना, विक्रम अधिकारी, कार्यवहाक दमक नगर सभापति युवराज खनाल, सचिव दिपेश दाहाल, वडा सभापतिहरु चैतन्य बराल, युवराज कोइराला , नेपाल महिला संघकी क्षेत्रीय सभापति गोमा बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ३६ बजे