११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

३२ औं विश्व अपाङ्गता दिवसको अवसरमा गौरीगंज गाउँपालिकाद्वारा अपाङ्गता सहयोग सामाग्री वितरण



गौरीगंज १७, मंसिर / ३२ औं विश्व अपाङ्गता दिवसको अवसरमा गौरीगंज गाउँपालिकाले अपाङ्गता सहयोग सामाग्री वितरण गरेको छ ।
गौरीगंज अपाङ्गता सहयोग समितिको सहआयोजनामा भएको कार्यक्रममा ५२ जना व्यक्तिहरुलाई उक्त सहयोग सामाग्री वितरण गरेको हो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्हील चेयर, स्टिक, कम्बोड चेयर, इयर फोन, टेकर लगायतका सहयोग सामाग्रीहरु वितरण गरिएको अपाङ्गता सहयोग समिति गौरीगंजका अध्यक्ष शेरमान बुढाथोकीले जानकारी गराएका छन् । अपाङ्गता समन्वय समिति सँयोजक तथा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरको सभापतित्वमा भएको कार्यक्रममा गौरीगंज गाउँपालिका भित्रका ५५२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य विमालगायत जिविकोर्पाजन तथा ब्रेनलिपी शिक्षाका लागि आवश्यक वजेटको व्यवस्थापनमा गाउँपालिकाको साथ र सहयोग रहने गाउँपालिकाकी अध्यक्ष राजवंशीले बताइन् । गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा, महिला शसक्तिकरण संस्था गौरीगंजकी अध्यक्ष नौताली राजवंशीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : ४६ बजे