१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ कुञ्जिवारी स्थित कमल वेनियानी खोलामा तटबन्धन



गौरीगंज १६, कार्तिक / गौरीगंज गाउँपालिका वार्ड नं. १ कुञ्जिवारी स्थित कमल वेनियानी खोलामा तटबन्धन गर्न थालिएको छ । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत रहेको कमल वेनियानी खोलाको पुलको उत्तर पट्टि करिब २ सय ५० मिटर तटबन्धन गर्न लागिएको वार्ड नं. १ का वडा अध्यक्ष कार्तिक लाल राजवंशीले जानकारी दिएका छन् । वडा कार्यालयको पहल र सिफारिसमा झापाको गैडे स्थित जनताको तटबन्धन कार्यालयको बजेटबाट उक्त तटबन्धन गर्न लागिएको वडा अध्यक्ष राजवंशीले बताए । वर्षेनी खोलामा आएको बाढीले खोलाको पूर्वी धारतिर भईरहेको कटान रोक्न र वस्तीलाई पर्न सक्ने थप क्षतिबाट जोगाउन तटबन्धन अति आवश्यक रहेको महसुस गरी वडा कार्यालयको वैठकबाट निर्णय गरी पहल गरिएको वडा अध्यक्ष राजवंशीले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १० : ०८ बजे