१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज अस्पतालमा मुटु, फोस्सो र मधुमेह जाँच, ४ सय भन्दा वढीले पाए निःशुल्कमा स्वास्थ्य सेवा



गौरीगञ्ज १२, असोज / विश्व मुटु दिवश २०२३ को अवसरमा गौरीगञ्ज गाउँपालिका तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान( KHDC Programme) को सहकार्यमा आज गौरीगञ्ज आधारभुत अस्पताल खजुरगाछीमा मुटु रोग, मृगौला रोग र मधुमेह सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानवाट शिक्षाध्यक्ष एवम बरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ डाक्टर सञ्जिव कुमार शर्माको नेतृत्वमा १० जना चिकित्सक, ८ जना नर्स, २ जना प्रयोगशालाकर्मी, २ जना फर्माशिष्ट र अन्य २ जना सहित जम्मा २४ जना र १५ जना स्थानिय चिकित्सक एवम स्वास्थ्यकर्मीहरु शिविरमा खटिएका थिए भने जम्मा १७५ जना मुटु, मृगौला तथा सुगरका बिरामीहरुले सेवा लिएका थिए ।
शिविरमा २२ जनाको मुटुको भ्ऋज्इ र ६२ जनाको भ्ऋन् गरिएको थियो भने ८ जना बिरामीको फोक्सोको एँत् जाँच गरिएको थियो । यसै गरि १५ जनाको ज्दब्ज्ञऋ, ६५ जनाको ीष्उष्म एचयष्भि, ९९ जनाको द्ययियम क्गनबच, १२ जनाको क्ष्ल्च् त्भकत र ९९ जनाको ऋचभबतष्लष्लभ त्भकत गरिएको थियो । सवै विरामीहरुलाई आवश्यक औषधि तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
यसै कार्यक्रमका विच डा सञ्जिव कुमार शर्माले बिरामी तथा सरोकारवालाहरुलाई मुटु तथा मृगौला सुरक्षित राख्ने उपाय सम्वन्धी करिव १ घण्टा स्वास्थ्य शिक्षा समेत प्रदान गर्नु भएको स्वास्थ्य शाखा गौरीगंजका प्रमुख रामचन्द्र मिश्रले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : ४५ बजे