१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ मा मकैको खोष्टाको फूल बनाउने तालिम



गौरीगंज ७, असोज / गौरीगंज गाउँपालिका वार्ड नं. १ मा मकैको खोष्टाको फूल बनाउने तालिम शुरुभएको छ । वार्ड नं. १ ले आयोजना गरेको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत आईतबार ७ दिने तालिमको उद्घाटन वडा अध्यक्ष कार्तिकलाल राजवंशीले गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्तिकलाल राजवंशीले स्थानिय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्ने बताए । उहाँले नेपालमा भारत, चिन लगायतका मुलुकबाट आयात भएको प्लाष्टिकका फूल भन्दा स्थानीय कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरिएको सामाग्री प्रयोगमा जोड दिनु पर्ने बताए । यस्तै उहाँले स्थानीय उत्पादनलाई बाहिरका बजारमासमेत बिस्तार गर्नु पर्ने धारणा राखेका थिए । समयलाई खेर नफाली उत्पादनमुखी कार्यमा लाग्न सबैलाई आग्रह गरेका वडा अध्यक्ष राजवंशीले तालिममा सहभागी पश्चात उद्यम गर्न चाहे वडा कार्यालयले साथ सहयोग गर्नेसमेत बताए । कार्यक्रममा वडा सदस्यहरु राजभक्त सुनुवार, रेखा राजवंशी, कृष्ण महतो, दुर्गा परियार, वडा सचिव सुमन रेग्मीलगायतको सहभागिता थियो । करिब २० जना सहभागी भएको तालिमको प्राविधिक सहयोग नमस्ते टेक्निकल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी प्रालिको रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १० : ०३ बजे