१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज वार्ड नं. – १ मा युवायुवतीलाई गाउँ घरमै गर्न सक्ने प्राथमिक उपचार तालिम



गौरीगंज ५, असोज /  प्राथमिक उपचार घरैमा गर्न सकुन् भन्ने उद्देश्यले गौरीगंज गाउँपालिका वार्ड नं.१ मा ७ दिने प्राथमिक उपचार स्वास्थ्य कार्यकर्ता तालिमको विहिवार उद्घाटन गरिएको छ ।
वडा भित्रका विपन्न तथा आदिवासी जनजाति र अन्य विपन्न समुदायको सहभागिता रहेको तालिमको उद्घाटन वडा अध्यक्ष कार्तिकलाल राजवंशीले गरेका थिए ।
प्राथमिक उपचारबारे ज्ञान नहुँदा प्रेसर जचाउँन समेत स्वास्थ्य क्लिनिक, मेडिकल वा अस्पताल नै पुग्नुपर्ने बाध्यताको न्युनिकरण तथा आकस्मिक रुपमा हुने चोटपटकको प्राथमिक उपचार गाउँ घरमै गर्न सके संभावित दुर्घटनाबाट बच्न सकिने बताउँदै तालिममा सिकेको सिपलाई सदुपयोग गर्न वडा अध्यक्ष राजवंशीले आग्रह गरेका थिए । वडा अध्यक्ष राजवंशीले उद्घाटन तालिम कार्यक्रममा पछिल्लो समय उच्च रक्तचापको समस्या बढेपनि समयमै त्यसको पहिचान हुन नसक्दा मानिसको ज्यान नै जोखिममा पर्ने गरेको बताउँदै त्यस्ता समस्या समाधान लागि तालिम उपयोगी हुने धारणा राखेका थिए । कार्यक्रममा वडा सदस्य राजभत्त सुनुवारले प्राथमिक उपचार स्वास्थ्य तालिमले प्रारम्भिकरुपमा नागरिकको ज्यान बचाउने तालिम भएकोले अत्यन्तै उपयोगी तालिम भएको बताए । कार्यक्रममा वडा सदस्यहरु रेखा राजवंशी, दुर्गा परियार, कृष्ण महतोलगायतको सहभागिता भएको उद्घाटन कार्यक्रममा करिब २० जना युवायुवतीहरु तालिममा सहभागी छन् ।नमस्ते टेक्निकल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको प्राविधिक सहयोग रहेको तालिम उद्घाटन कार्यक्रममा सहभागीलाई तालिम पश्चात प्राथमिक उपचारका लागि स्वास्थ सामाग्री प्रदान गरिने छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ३९ बजे