१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इलाका प्रशासन कार्यालय गौरीगंजको नवनिर्मित भवनको आज विधिवतरुपमा उद्घाटन



गौरीगंज २७, भदौ / इलाका प्रशासन कार्यालय गौरीगंजको आज विधिवतरुपमा उद्घाटन भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले नवनिर्मित भवनको विधिवत् उद्घाटन गरेका हुन् । उत्त अवसरमा भवन निर्माणका लागि निशुल्कमा जग्गादान दिएका जग्गादाताहरुलाई खादा ओढाएर प्रशंसापत्रले सम्मान गरिएको थियो । जग्गादाता मखना महतो, पुर्णमल अग्रवाल, अशोक कुमार अग्रवाल, सानुराजा श्रेष्ठ, केशव कुमार अग्रवाल, महेश कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापाका विशिष्ट अधिकारीहरु, गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, वार्ड अध्यक्षहरु, वाणिज्य संघका प्रतिनिधि, रेडक्रस सोसाइटीका प्रतिनिधिलगायत स्थानियहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणी आँपगाईले गरेका थिए । सेवाग्रहीलाई सहजताका लागि छुट्टाछुट्टै कार्यकक्षहरुको व्यवस्थापन गरिएको छ । नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि बनाउने, पासपोर्ट बनाउने, परिचय पत्र बनाउने सेवाग्राहीका लागि अलग अलग कार्यकक्षहरुको व्यवस्थापन गरिएको कार्यालयका प्रमुख आँपगाईले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म करि ३० जनाको हाराहारीमा जन्मको आधारमा नागरिकता वितरण गरिएको कार्यालय प्रमुख आँपगाईले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : ५० बजे