१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘कृषि क्षेत्रलाई जापानले उधोगको रुपमा लिएको पाइयो,’ – अध्यक्ष फूलवती राजवंशी



गौरीगंज ७, भाद्र / झापाका चार स्थानीय तहका प्रमुख सहित १२ जना जापानको कृषि अध्ययन भ्रमण गरिरहेका छन् ।
जाइकाको सहयोगमा झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), कमल गाउँपालिका प्रमुख हुकुमसिंह राई, गौरीगंज गाउँपालिका प्रमुख फुलवती राजवंशी र गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदीसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका महानिर्देशक शुशिल चन्द्र राई, उपमहानिर्देशक टिकाराम बराल, योजना तथा अनुगमन महाशाखाका डा. शान्ता कार्की, प्रदेशका जलस्रोत तथा उर्जा मन्त्रालयका मेघराज ज्ञवाली, इन्जिनियर राजेन्द्र कुमार माझी, वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोख्रेल लगायत कन्काई नहरका जल उपभोक्ता समितिका पदाधिकारीसहित १२ जना जापान भ्रमणमा गएका हुन् ।


जापानिज संस्था जाइका , जापान र नेपाल सहयोग नियोग अन्तर्गत कनकाई सिचाई प्रणालीको पानीको सदुपयोगमा सुधार गर्ने उद्देश्य राखेर जाइकाले कनकाई नहरले सिंचित हुने क्षेत्रमा कार्यक्रम संचालन गर्नेछ । सोहि क्षेत्रका प्रतिनिधिलाई जाइकाले जापानको कृषि क्षेत्रको अध्ययनका लागि लगेको भ्रमण दलमा सहभागि रहेका गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् । अध्यक्ष राजवंशीले भनिन् –‘ मैले अध्ययन भ्रमणमा जापानिज नागरिकको मेहनत देखे । किसानहरु प्रविधिको उच्च प्रयोग गर्ने रहेछन् । कृषि क्षेत्रलाई जापानले उधोगको रुपमा लिएको पाइयो । ३ जना व्यक्तिले ६० हेक्टर जग्गामा कृषि बाली लगाएको अवलोकन पनि गरे ।
उनीहरु वर्षभरी विभिन्न कृषि उत्पादनका लागि परिवार नै लागि पर्दा रहेछन् ।’


जापानको कृषि मन्त्रालय, सिजुवाका क्षेत्रमा रहेको सिंचाई परियोजना, सिंचाईका विभिन्न बाँधहरु, कृषकलाई व्यवस्थित पानीको वाँडफाड गरिएका परियोजनाहरु, सहकारी संस्थाले फलफुलको ग्रेडिङ्ग, प्याकेजिङ्ग र लेवलिङ्ग गर्दै गरेका उद्योगहरु र १५ हेक्टर र ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक खेती गरिरहेका कृषकका फार्महरुको अवलोकन गरिएको राजवंशीले जानकारी दिइन् । भ्रमण टोली जापनबाट शनिवार राती फर्किने छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ९ : ४९ बजे