१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज–१ मा महिलालाई आत्मनिर्भर बनाउने तालिम



गौरीगंज ७, भाद्र / रोजगारमुखी र सीपमुलक तालिम दिएर यहाँका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्येश्यले २ महिने सिलाई बुनाई एडभान्स तालिम सञ्चालन गरिएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ ले आफ्नो सिलिङ्ग वजेटबाट बुधबारदेखि २ महिने सिलाई बुनाई एडभान्स तालिम सञ्चालन गरेको हो । वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा वडाका करिब ३० जना महिलाहरुको सहभागिता रहेको छ । यसअघि सिलाई बुनाई तालिमको बेसिक कोर्स लिइसकेका महिलाहरुलाई एडभान्स तालिम दिएर आत्मनिर्भर बनाउने उद्येश्यले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिएका छन् । तालिमका अनुभवी प्रशिक्षक आदुल राजवंशी रहेका छन् । वर्डा नं. १ कै सभाहलमा सञ्चालित तालिमको उद्घाटन कार्यक्रममा वडा सदस्यहरु राजभत्त सुनुवार, कृष्ण महतो, रेखा राजवंशी , दुर्गा परियार र प्राविधिक सन्तोष ढकाललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ८ : १७ बजे