१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘खहरे खोला आउँछ, एक दिन सुक्छ, न गन्तव्य छ, न कुनै एजेण्डा ? ’ – जिल्ला सभापति थेवे



गौरीगंज ६, भाद्र / नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले नेपाली कांग्रेस बाहिर हल्ला भए जस्तो गरी नसकिएको बताएका छन् । आज गौरीगंजमा नेपाली कांग्रेस गाउँकार्यसमितिको गाउँ सम्मेलनमा सभापति थेवेले त्यस्तो बताएका हुन् । सभापति थेवेले भने – ‘ खहरे खोला आउँछ, एक दिन सुक्छ, न गन्तव्य छ, कहिले सम्म बग्छ ? कुनै ठेगान छैन ? न त्यसको कुनै एजेण्डा नै छ । त्यस कारण नेपाली कांग्रेस सकिदैन् ।’ नेपाली कांग्रेस जिल्ला सभापति थेवेले भने – ८४ मा कांग्रेस नभेटिने भन्ने छैन् । कांग्रेस कस्तो कस्तो अवस्थामा त हराएन अब चाहिँ के हराउँछ ? काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको मुल्यांकन गरी राम्रा कामहरुको प्रचार प्रसार गर्न पनि जिल्ला सभामुख देवेले बताए । कार्यक्रममा झापा क्षेत्र नं. ५ का क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीले जनप्रतिनिधि र कार्यकर्ताबीच समन्वय गरेर विकास निर्माण तथा स्थानियवासीको अन्य आवश्यकताहरु सम्बोधन गर्नु पर्ने बताए । महाधिवेसन प्रतिनिधि तथा झापा क्षेत्र नं. ५ (क) का निवर्तमान प्रत्यासी प्रदेश उम्मेदवार अनिल कृष्ण प्रसाईले पार्टीका नेताहरु कार्यकर्ताको योगदान बमोजि अवसर दिनु पर्ने बताउँदै पार्टी विधि विधान अनुसार चल्नु पर्ने बताए ।
त्यसपछि सहभागीहरूलाई जिज्ञाशा र सुझावको लागि हल खुल्ला गरिएको थियो भने क्रमश केशव प्रसाद भट्टराई ,दिपेश राजबंशी ,नौताली राजबंशीले पार्टीको नेतृत्व तहहरूले सुधार हुनुपर्ने,जनतामा म्यासेज खराब भएको,नराम्रो काम गर्नेलाई कारबाही गर्नुपर्ने लगायत स्थानिय तहमा समेत व्यापक सुधार हुनुपर्ने ,पार्टीले कार्यकर्ताको भावना बुझ्नुपर्ने सुझाव दिएका थिए । अतिथिको तर्फबाट क्षेत्रिय सभापति ढुण्डीराज भणडारी, महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाईं, महाधिवेशन प्रतिनिधिरोहित कुमार शाह ,जिल्ला उपसभपति शेरबहादुर भट्टराई , महाधिवेशन प्रतिनिधि कार्तिकलाल राजवंशी, प्रदेशका उपसभापति आत्माराम राजबंशी,जिल्ला सदस्य मखना महतोले पार्टीको आन्तरिक सुदृधिकरण बारेमा बोलेका थिए । नेपाली कांग्रेस गौरीगंजका सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत समितिका सहसचिव राजेन्द्र प्रसाद ताजपुरियाले गरेका थिए भने सञ्चालन गोपाल ताजपुरियाले गरेका थिए ।

         

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : ५१ बजे