७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

कनकाई साप्ताहिक नबौ बर्षमा



सुरुङ्गा । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक नबौ बर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । पत्रिका प्रेस काउन्सिलबाट क बर्गमा बर्गिकृत हुदै आएको छ । पत्रिका र अनलाईन संस्करण नबौ बर्षमा प्रवेश गरेसंगै पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले आगामी यात्रामा पाठकसामु अझ नौला र ज्ञानवद्धक सुचना र समाचारहरु पस्कने प्रतिवद्धता जनाउनुभएको छ । पत्रिका र अनलाईन नबौ बर्ष प्रवेशको अवशरमा सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी संघ संस्थाका प्रतिनिधि लगायातमा धन्यावाद तथा आभार कृतज्ञता ज्ञापन गर्नुभएको छ । आगामी दिनमा श्रव दृश्य सहितका डिजिटल सामाग्रीका साथमा पत्रिकालाई समेत थप परिस्कृत बनाउदै लैजाने झापालीले प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ०० बजे