१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘अब कोशी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन’,- मुख्यमन्त्री थापा



सुरुङ्गा (झापा) २७ साउन / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताउनुभएको छ ।

झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४औँ क्याम्पस सभाको उद्घाटन गर्नुहुँदै उहाँले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “अब कोशी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन, यो कुरा सबै दलहरूले बुझ्नुभएको छ । हामीहरूबीच भएको गठबन्धन पनि झिनो बहुमतको छ, यो झिनो बहुमतले सरकारलाई स्थायित्व दिन सक्दैन । तसर्थ सबै दल मिल्न जरुरी छ ।” मुख्यमन्त्री थापाले यो गठबन्धनको झिनो बहुमतले सरकारको प्रगति र समृद्धिलाई पूर्णता दिन नसक्ने बताउँदै सरकारको स्थायित्वका लागि दलहरूबीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको बताउनुभयो । सरकार अब सबै दलहरूबीचमा सहमति, सहकार्य र एकता गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । रासस

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : २५ बजे