१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ट्राफिक कार्यालय गौरीगंजको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन



गौरीगंज २१, साउन / ट्राफिक कार्यालय गौरीगंजको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन हुने भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ को सिट नं. १७९–०६९७ को १३१० कित्ता मध्येबाट पुर्वबाट १ कठ्ठा जग्गा ट्राफिक कार्यालय भवन निर्माणका लागि गाउँपालिकाले निर्णय गरेको हो । गाउँपालिकाको प्राविधिक टोलीले आज आइतवार जग्गाको नापजाँच गरी चार किल्ला छुट्टाएको छ ।
गौरीगंज गाउँपालिकाले वार्ड नं. ६ अवस्थित नेपाल वैंक लिमिटेडको दक्षिण तर्फ रहेको करिब १ कठ्ठा जग्गा ट्राफिक कार्यालय भवन निर्माणका लागि जग्गा नाप जाँच गरिएको वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिएका छन् । गौरीगंज गाउँपालिकाको निर्णय बमोजिम उत्त स्थानमा ट्राफिक कार्यालयको स्थापना हुन लागेको वडा अध्यक्ष यादवले बताए ।
ट्राफिक कार्यालयको स्थायी भवन नहुदाँ ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटनालाई न्युनिकरण गर्न गाह्रो भइरहेको अवस्थामा जग्गाको व्यवस्थापनले सहजता ल्याउने ट्राफिक कार्यालय गौरीगंजका ईन्चार्ज शंकर प्रसाद यादवले बताए ।
यसअघि ट्राफिक प्रहरीको जनचेतनामुलक ट्राफिक चिन्ह अङ्कित होर्डिङ्ग बोर्ड र स्ट्याण्ड प्रदान गरिएको थियो । गौरीगंज गाउँपालिका वार्ड नं. ६ को करिब १ लाख २० हजार रूपैयाँको लागतमा उत्त सामाग्री प्रदान गरिएको थियो । गौरीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक विजय कार्र्की, कार्यपालिका सदस्य तथा निवर्तमान वडा अध्यक्ष अघनुप्रसाद राजवंशी, खजुरगाछी बजार ब्यवस्थापन समितिका उपाध्यक्ष मनोज दास, व्यवसायी नारायण अग्रवाल, वडा सचिव गोविन्द राजवंशी,अमिन जयप्रसाद राजवंशी, सव इन्जिनियर लेखनारायण चौधरीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : ३० बजे