१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रेस युनियनद्धारा विरामीलाई फलफूल वितरण





दमक ६, साउन / महामानव वीपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर लोकतान्त्रिक पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले विरामीलाई फलफूल वितरण गरेको छ ।

शनिबार सो संगठनले दमक अस्पतालमा उपचाररत २५ जना बिरामीलाई अस्पतालको बेडमै पुगेर फलफूल वितरण गरेको हो ।

प्रेस युनियनका केन्द्रीय प्रतिनिधि बिष्णु सुब्बाले फलफूल वितरणको औपचारिक शुभारम्भ गरेका आयोजक समितिका सचिव सन्तोष विष्टले जानकारी दिए ।

युनियनका जिल्ला सभापति गिरिराज भट्टराई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिद्धय अइन्द्रविक्रम केरुङ, सत्यनारायण चौधरी, कांग्रेस दमक ५ का सभापति चैतन्य बराल, वडा नं १ वडा सचिव यज्ञ भट्टराई, क्षेत्रीय प्रतिनिधि जितबहादुर धिमाल, युनियनका जिल्ला सदस्य युवराज रेग्मी, शान्ति सुब्बा लगायतले फलफूल वितरण गरेका थिए । सो अवसरमा प्रेस यूनियनका अग्रज तथा नेताहरुले नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको विचार सधैं गरीब दुःखीहरुको सेवा गर्नु भन्ने भएकाले सेवामूलक कार्यक्रम गरिएको बताएका थिए ।

फलफूल हस्तान्तरणमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण साह, अस्पतालका कर्मचारी श्याम राजवंशी लगायत स्वास्थ्यकर्मी, नगर प्रहरी लगायतले सहजीकरण गरेका थिए । पत्रकारहरुको पेशागत जिम्मेवारीमात्रै नभएर सामाजिक उत्तरदायित्व समेत हुने भएकाले संगठनले यस किसिमका सेवामुलक कार्यक्रमहरु पनि समय समयमा गर्दै आएको आयोजक यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु पौडेलले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : ५४ बजे