१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाकाे १३ औ गाउँसभामा ५२ कराेड ९२ लाख ४९ हजार १ सय रूपैयाँ बजेट प्रस्तुत



गाैरीगंज १०, असार / गाैरीगंज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रु. ५२ करोड ९२ लाख ४९ हजार १ सय रुपैयाको वजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले आज आईतवार गाउँपालिकाकाे १३ औं गाउँसभामा उत्त वजेट प्रस्तुत गर्नुभएकाे हाे ।
जसमध्ये चालु खर्चतर्फ ८ कराेड ७ लाख रूपैयाँ ( सुशासन तथा संस्थागत क्षमता विकाससहित) र पुँजीगत खर्च तर्फ १४ कराेड ३३ लाख रूपैयाँ विनियाेजन गरेकाे छ । त्यसैगरी वडागत वजेट सिलिङ्ग अन्तर्गत वार्ड नं. १ लाई ५१ लाख ५० हजार, वार्ड नं.२ लाई ५१ लाख ५० हजार, वार्ड नं.३ लाई ४७ लाख ५० हजार, वार्ड नं. ४ लाई ४४ लाख, वार्ड नं.५ लाई ४० लाख र वार्ड नं. ६ लाई ४५ लाख ५० हजार रूपैयाँ वजेट छुट्टाएकाे छ । सामाजिक विकास अन्तर्गत शिक्षामा २ कराेड ५६ लाख५४ हजार, स्वास्थ्यतर्फ ५ कराेड, आर्थिक विकास क्षेत्रमा १ कराेड ३३ लाख रूपैयाँ बजेट छुट्टयाइएको छ ।
आज भएको गाउँपालिकाकाे तेर्हौ गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले प्रस्तुत गरेको बजेटमा खर्च व्यहोर्ने श्रोत तर्फ गाउँपालिकाकाे को आन्तरिक आय अन्तरगत मालपाेत तथा भुमिकरबाट रु ३८ लाख १८ हजार २ सय १० रूपैयाँ , आन्तरिक राजस्वबाट ४ कराेड पचास लाख, संघीय सरकारको अनुदान रु ३४ कराेड २७ लाख र प्रदेश सरकारको अनुदानवापत रु ३ करोड २० लाख ४९ हजार र सशर्त, समपुरक, विशेष अनुदानबाट २५ कराेड २२ लाख २५ हजार प्राप्त हुने छ । राजश्व बाँडफाडबाट रु १० करोड ३६ लाख १ सय रकम व्यहोर्ने गरी प्रस्ताव गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष पुजन न्याैपाने कुँवर वार्षिक वजेत तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठ, कार्यपालिका सदस्यहरू, शाखा कार्यक्रमका प्रमुख तथा कर्मचारीहरू सहभागी थिए भने वार्ड नं. ३ र २ का वडा अध्यक्ष क्रमश श्रवण गिरी र किना राजवंशी गाउँसभामा उपस्थित थिएन्न । गाउँसभाकाे छलफल सत्रमा वडा सदस्य गंगा राजवंशी र राजभक्त सुनुवारले जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : ४६ बजे