१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शान्तभाव फाउण्डेशनको दोश्रो बार्षिकोत्सव




दमक/दमकस्थित शान्तभाव फाउण्डेसन नेपालले शुक्रबार आफ्नो दोस्रो बार्षिक उत्सव मनाएको छ ।
लागु तथा मादक पदार्थ सेवनकर्ताको उपचारका लागि स्थापना भएको फाउण्डेसनले दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा बिभिन्न कार्यक्रम गर्दै बार्षिक उत्सव मनाएको हो ।
सो अवसरमा भट्टराईले लागुऔषधबाट युवा पुस्तालाई जोगाउन चुनौती रहेको बताइन । कुनै एक पक्षको प्रयासबाट मात्रै लागुऔषधको समस्या समाधान नहुने भन्दै उनले समाजका सबै पक्ष मिलेर मात्रै लागुऔषधको दुब्र्यसनबाट युवाहरुलाई जोगाउन सकिने उल्लेख गरिन । यसको नियन्त्रणका लागि दमक नगरपालिका सबै पक्षसंग सहकार्यको लागि तयार रहेको उपप्रमुख भट्टराईको भनाई थियो ।
फाउण्डेसनका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका बरिष्ठ परामर्शदाता रबिन तामाङले लागु औषध दुब्र्यसन पनि रोग भएकोले यसलाई कानुनबाट भन्दा पनि उपचारकै माध्यमबाट नियन्त्रणमा लिन सकिने बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक जिवन गौतमले लागुऔषध प्रयोगकर्ता भन्दा पनि बेचबिखनमा संलग्नलाई कानुनी कारबाही गर्ने गरिएको बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १० : ४० बजे