५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नाम कमाएका ट्राफिक ईन्चार्ज गाैरीगंजमा, वार्ड नं. ६ द्वारा ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण



गाैरीगंज १०, चैत / ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि जनचेतनामुलक ट्राफिक चिन्ह अङ्कित हाेर्डिङ्ग बाेर्ड र स्ट्याण्ड प्रदान गरिएकाे छ ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाे आयाेजना गरी ईलाका प्रहरी कार्यालय गाैरीगंज र गाैरीगंज ट्राफिक कार्यालयलाई संयुक्तरूपमा ट्राफिक सम्बन्धि जनचेतनामुलक सामाग्रीहरू प्रदान गरिएकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे करिब १ लाख २० हजार रूपैयाँकाे लागतमा उत्त सामाग्री प्रदान गरिएकाे वार्ड नं. ६ का वडा बद्रीनारायण यादवले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरिक्षक विजय कार्कीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेलगायतले बाेलेका थिए । कार्यक्रममा ट्राफिक कार्यालय गाैरीगंजका ईन्चार्ज शंकर प्रसाद यादवकाे समन्वयमा वार्ड कार्यालयले उत्त बजेटकाे व्यवस्थापन गरी ट्राफिक चिन्ह अङ्कित हाेर्डिङ्ग बाेर्ड र स्ट्याण्डलगायत सामाग्रीहरूकाे व्यवस्थापन भएकाे हाे । ट्राफिक ईन्चार्ज यादव यस अघि गाैरादह नगरपालिकाकाे ट्राफिक व्यवस्थापनमा निकै राम्रो काम गरेर चर्चा कमाएका ट्राफिक ईन्चार्ज हुन् । गाैरीगंजकाे ट्राफिक व्यवस्थापनलाई पनि उचित व्यवस्थापन गरी सवारी दुर्घटनालाई न्युनिकरण गरी आवतजावतमा सहजता ल्याउने उद्येश्यसहित ट्राफिक ईन्चार्ज यादव क्रियाशिल छन् । कार्यक्रममा खजुरगाछी बजार ब्यवस्थापन समितिका अध्यक्ष मनाेज कुमार चाैधरी, उपाध्यक्ष मनाेज दास, लालबहादुर कटुवाल स्मृति प्रतिष्ठानका अध्यक्ष पदम कटुवाल, आठमाैजा बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक नगेन्द्र ढकाललगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : ५३ बजे