१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फर्जी विद्यार्थी भर्ना गरेकाे भन्दै गाैरादह क्याम्पसमा तीन विद्यार्थी संगठनद्वारा तालाबन्दी



गाैरादह २६, फागुन / झापाको गौरादह नगरपालिकाको सामुदायिक क्याम्पस गौरादह बहुमुखी क्याम्पसको प्रशासनकक्षमा तीन बिद्यार्थी संगठनहरुले ताला लगाएका छन ।
नजिकिदै गएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै निर्बाचन आचारसंहिता उल्लंघन गरेर क्याम्पस प्रशासनले फर्जि विद्यार्थीहरु भर्ना गरेको भन्दै तीन विद्यार्थी संगठनहरुले क्याम्पस प्रसाशनमा आज शुक्रबार तालालगाएका हुन्।
नेपाल विद्यार्थी संघ, रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारी गौरादह बहुमुखी क्याम्पस एकाई समितिद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको उल्लेख छ । क्याम्पस प्रसाशनद्वारा स्वतन्त्र विद्यार्थी युनियन निर्बाचनका लागि प्रकासित विद्यार्थीहरुको नामावली माथि दाबी गर्दै नामावली संसोधनका लागि तीन विद्यार्थी संगठनहरुले गत फागुन २२ गते एक विज्ञप्ति जारी गर्दै माग गरेका थिए ।
तीन विद्यार्थी संगठनहरुको संयुक्त दाबी रहदा उक्त दाबी बिरोध माथि क्याम्पस प्रसासनले कुनै सुनुवाइ नगरि दाबी परेका विद्यार्थीहरुको नामावली नहटाइ पुनः नामावली प्रकासन गरिएको बिद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । विद्यार्थी संगठनहरुले आफुहरुको माग सम्बोधन नगरि बेवास्ता गरिए संयुक्त रुपमा ससक्त आन्दोलनमा जाने उल्लेख गर्दै अनिश्चितकालका लागि क्याम्पसमा तालाबन्दी गरेका छ्न् । साथै माग सम्बोधन नभए सम्म आफुहरु निर्वाचनको कुनैपनी प्रकृयामा सहभागी नहुने तीन विद्यार्थी संगठनहरुद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : २९ बजे