१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खजुरगाछी बजार व्यवस्थापन समितिद्वारा शिवरात्री पर्वकाे अवसरमा बजार सरसफाई र भ्यापार लाईट (फाेटाे फिचरसहित)



गाैरीगंज ५, फागुन/ गाैरीगंज गाउँपालिका वार्ड नं.६ मा रहेकाे खजुरगाछी वजार व्यवस्थापन समितिले आज शुक्रबार बजार सरसफाई गरेकाे छ । महाशिवरात्री पर्वकाे अवसरमा बजार सरसफाई गरिएकाे समितिका अध्यक्ष मनाेज चाैधरीले बताए ।
महाशिवरात्रीकाे अवसरमा प्रत्येक वर्ष गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे श्री वैजेश्वरनाथ शिवालय तथा काेटेश्वर मन्दिरमा पुजा अर्चनासहित मेला लाग्ने गरेकाे छ ।
समितिका पदाधिकारी, जनप्रतिनिधि, प्रहरी, व्यापारीलगायत स्थानिय सराेकारवाला संघसंस्था तथा सर्वसाधारणसहितकाे टाेलीले हुलाकी सडक, भित्री बजार, मन्दिर वरिपरि सरसफाई गरेकाे हाे । त्यस्तै समितिले बजारलाई सफा, हराभरा र बढ्दाे चाेरी पैठारीलाई निराकरण गर्न पहिलाे चरणमा डस्टविन र भ्यापर लाईट जडान गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ र नेपाल वैंक लिमिटेड गाैरीगंजकाे सहकार्यमा समितिले फाेहाेर व्यवस्थापन गर्न सडक पेटीमा डस्टविन र भ्यापर लाईट जडान गरेकाे समितिका सचिव पवन दासले बताए । उनका अनुसार हुलाकी सडक र भित्री वजार क्षेत्रमा डस्टविन र बजारकाे मुख्य चाेकमा भ्यापर लाईट जडान गरिएकाे छ । खजुरगाछी बजार व्यवस्थापन समितिकाे आयाेजनामा भएकाे डस्टविन वितरण कार्यक्रममा नेपाल वैंक लिमिटेड गाैरीगंजका प्रमुख सन्जय साहु, वडा नं. ६ वडा सदस्य नितेश कुमार साह, वडा माे. आसामुदिन मियाँ ट्राफिक ईकाई कार्यालयका प्रतिनिधिलगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : १६ बजे