४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आत्महत्यामा दुरूत्साहन अभियाेगमा गाैरीगंज माविका शिक्षक दास पक्राउ, सुरक्षाका लागि दमक थानामा



मृतक साेनी राजवंशी
पिडित परिवारले प्रहरीमा दिएकाे जाहेरी

गाैरीगंज २५ माघ / प्रहरीले झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गाैरीगंज माविका शिक्षक पवन कुमार दासलाई आज बुधबार पक्राउ गरेको छ ।
उनीलाई आत्महत्याकाे दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गाैरीगंज गाउँपालिका वार्डनं. ३ कृपालटाेली बस्ने १७ बर्षिया साेनी राजवंशीले हिजाे मंगलवार साँझ करिब ५ बजे आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिईन् । आत्महत्यामा दुरूत्साहन गरेकाे अभियाेगमा प्रहरीले आज विहान गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेकाे उनकै निवासबाट शिक्षक दासलाई गिरफ्तार गरेको हो । प्रहरीले शिक्षक दासलाई पक्राउ गर्न आटटाल गरेकाे भन्दै गाैरीगंज माविका विद्यार्थी तथा स्थानीयले शुरूमा विद्यालय र त्यसपछि घरमा पुगी नारावाजी गर्दै नियन्त्रणमा लिन खाेजेका थिए । शिक्षक दासलाई घरमा नभेटेपछि उनीहरू ईलाका प्रहरी कार्यालय गाैरीगंजतर्फ लागेका थिए ।

आत्महत्या गर्नुपूर्व शिक्षक दासले गाैरीगंज माविकाे कक्षा ११ मा अध्ययनरत मृतक साेनीलाई अफिसकाेठामा दिउसाे ३ .४५ बजे गाला, तिघ्रा र शरिरकाे यत्रतत्र भागमा कुटपिट गरि मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएकाे जाहेरीमा अभियाेग लगाईएकाे छ । मृतक साेनीका ठुलाे बुबा दाह्रा सिंह राजवंशीले दिएकाे जाहेरीमा विद्यालयमा उनीसंगै अध्ययनरत विद्यार्थी र साेनीकै साथीहरूकाे बयानका आधारमा प्रहरीमा जाहेरी दिएपछि आत्महत्याकाे दुरूत्साहन अभियाेगमा शिक्षक दास पक्राउ परेका हुन् ।

विद्यालयबाट छुट्टी भई साझ ४.३० बजे घर फर्किएकी मृतक साेनीले करिब ५ बजेतिर घरकाे कामधन्दा सकाई आमा देवकी राजवंशी ( मण्डल) लाई बजारबाट मासु र टमाटर ल्याउन फाेनबाट भनेकाे उनकी ठुलीआमा सन्जाे मण्डलले बताईन् ।
‘ म भाेलीदेखि स्कुल जान्न मेराे धेरै वेईज्जत भयाे’
स्कुलबाट उनकी ठुली आमाकि छाेरी कञ्चन मण्डलसंग घर आउने क्रममा मृतक साेनीले सुनाएकाे ठुली आमा सन्जाे मण्डले बताईन् ।

‘धेरै भलादमी र पढ्न लेख्नमा धेरै मिहिनेती थिईन्’ मृतक साेनीकी ठुली आमा सन्जाेले भनिन – ‘जसरी भएनी शिक्षक दासलाई जेल सजाय हुनुपर्छ ।’
वैदेशिक राेजगारक्रममा मृतक साेनीका बाबु उगनलाल राजवंशी एकबर्षदेखि कतारमा छन् । विगत ४ बर्षदेखि वैदेशिक राेजगारका क्रममा मलेसिया त्यसपछि कतार गएका राजवंशीकि मृतक साेनी जेठी छाेरी हुन् । तीन छाेरी मध्ये साेनी जेठी छाेरी भएकीले विद्यालयकाे पढाइ बाहेक घरधन्दामा अामालाई सघाउने गरेकाे ठुली आमा सन्जाेले बताईन् ।
विद्यालयबाट नियमितरूपमा सधै गाैरीगंज चाेकहुदैँ घर अाउने गरेकाे साेनीले हिजाे नहरकाे ढिलैढिल हुँदै घर अाएकाे र विद्यालयमा कुटाई खाएकाे वेईज्जती सहन नसकेर मानसिक तनावले आत्महत्या गरेकाे मृतक साेनीकी अामा देवकी राजवंशी (मण्डल)ले आराेप लगाईन् । उनले भनिन् – ‘शिक्षक दासलाई जेल सजाय भए मात्र मेरी छाेरीले न्याय पाउँछ ।’
ज्याला मजदुरी गरेर आफ्नाे दिनगुजार गर्दै आएकी देवकी हिजाे मंगलबार गाैरादह जनमजदुरी गर्न गएकी थिईन् । हिजाे विहान ७ बजे जनमजदुर गर्न गाैरादह गएकी आमा देवकीले छाेरी साेनी बेलुकका घर फर्कदा मृत अवस्थामा देख्छु भनेर कल्पना सम्म नगरेकाे रूदै सुनाईन् । ‘ सबै ठिकठाकै थियाे, घर जसाेतसाे चलेकै थियाे । छाेरीलाई राम्रैसंग पढाउने लेखाउने सपना बाेकेर श्रीमान् विदेश गएकाे । तर दैवले छाेरीलाई नै छाडेन् ।’ – भावविह्वल मुद्रामा देवकीले सुनाईन् । मृतक साेनीकाे लासलाई दमक अस्पतालमा राखिएकाे छ ।

पक्राउ परेका शिक्षक दासलाई सुरक्षाका लागि दमक स्थित ईलाका प्रहरी कार्यालयमा राखिएकाे प्रहरीले बताएकाे छ । उनीमाथि भाेली विहिवार अदालतबाट म्याद थप गरि अनुसन्धान थालिने प्रहरीले जनाएकाे छ ।
शिक्षक दासविरुद्ध लागेको आत्महत्यामा दुरुत्साहन दिएको कसूर प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । मुलुकी अपराध संहितामा यो कानूनी व्यवस्था छ ।

मृतक साेनी राजवंशी
मृतक साेनी राजवंशीकाे घर

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ०७ बजे