१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाकाे शिक्षा र स्वास्थ्य शाखाका ५ जना कर्मचारीकाे करार म्याद सकेपछि पदमुक्त्त



गाैरीगंज २२ / करार र आन्तरिक स्राेतबाट विभिन्न पदमा कार्यरत गाैरीगंज गाउँपालिकाका ५ जना कर्मचारीकाे करार म्याद सकेपछि पदमुक्त्त भएका छन् ।
उनीहरूकाे करार अवधिलाई गाउँपालिकाकाे बुधबार बसेकाे कार्यपालिका वैठकले करार म्याद नथपेपछि उनीहरू स्वतः पदमुक्त्त भएका हुन् ।
गाउँपालिकाकाे शिक्षा शाखामा अधिकृतका रूपमा कार्यरत केशव भट्टराई, गाैरीगंज आधारभुत अस्पतालमा कार्यरत कर्मचारी मदन मुर्मु र विशाल कार्की, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सावित्री राजवंशी र मनिष यादवकाे करार म्याद सकिएकाे गाउँपालिका स्राेतले जनाएकाे छ ।

शिक्षा शाखामा कार्यरत केशव भट्टराई शिक्षा अधिकृतकाे रूपमा थिए । उनलाई गाउँपालिकाले आन्तरिक स्राेतबाट करारमा सेवा सुविधा दिएर राखेका थिए । गाउँपालिकाकाे शिक्षा शाखामा शिक्षा अधिकृतकाे रूपमा स्थायी दरबन्दीमा कार्यरत टंक प्रसाद खरेल रहेकाेले साेही पदमा भट्टराईकाे करार म्याद थप्न नसकिएकाे एक जनप्रतिनिधिले बताए ।
त्यसैगरी कर्मचारी मदन मुर्मुकाे नेपाली नागरिकताकाे प्रमाणपत्र नभएका कारण उनकाे पनि करार म्याद थप्न नसकिएकाे जनाईएकाे छ । गाैरीगंज अस्पतालमा कार्यरत प्राविधिक कर्मचारी विशाल कार्कीले कार्यालयकाे कार्य सम्पादनमा सहयाेग नगरेकाे र कार्यालयकाे अनुशासनमा नरही पटक पटक आफुखुशी कार्य गर्ने गरेकाेले स्वास्थ्य शाखाकाे सिफारिसमा कार्यपालिका वैठकले उनकाे करार म्याद पुनः थप्न नसकिएकाे बताईन्छ ।
गाैरीया प्रावि बार्हसुद्वीका शिक्षक मनिस यादव र गाैरीगंज प्राविकी शिक्षिका सावित्री राजवंशीलाई गाउँपालिकाले आर्थिक व्ययभार वहन गर्न नसकेका कारण उनीहरू पनि करार म्याद नथपिएकाे बताईएकाे छ । उनीहरूकाे करार सेवाकाे म्याद गत असारसम्म मात्र रहेकाे र थप ५ महिनाकाे आर्थिक ब्ययभार गाउँपालिकाले व्यहोरेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ४ : ४३ बजे