१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रेस युनियनकाे महासचिव पदमा पत्रकार निराैलालाई उम्मेदवारी बनाउने निर्णय



गाैरीगंज १३, पुस / नेपाल प्रेस युनियनको प्रदेश १ को आसन्न अधिवेशनमा झापाका पत्रकार ज्ञानेन्द्र निरौलालाई महासचिव पदमा उम्मेद्वार बनाउने निर्णय भएको छ ।

प्रेस युनियन झापाका कार्यवाहक सभापति गिरीराज भट्टराईकाे सभापतित्वमा बुधबार बसेकाे बैठकले पुस २३ र २४ गते बिराटनगरमा हुने प्रदेश अधिवेशनमा निरौलालाई महासचिवमा उम्मेद्वार बनाउने निर्णय गरेकाे हाे ।
लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाका रूपमा रहेको प्रेस युनियनको प्रदेश समितिको पदाधिकारी पदमा झापाका खेम बराललाई पनि उम्मेद्वार बनाउने निर्णय गरेको सभापति भट्टराईले बताए । युनियनको प्रदेश अधिवेशनमा ३०० बढी मतदाता हुने बताईएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : ३९ बजे