१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘कर करले हाेईन रहरले तिराैं’ – अध्यक्ष राजवंशी



गाैरीगंज १२, पुस / झापा उद्योग वाणिज्य संघ गाैरीगंज र आन्तरिक राजस्व कार्यालय दमककाे संयुक्त आयाेजनामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत लभ कुमार अधिकारीले व्यवसायीहरूलाई करबारे जानकारी दिएका थिए ।
उनले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता विना व्यवसाय गर्दा हुने कारवाही, मिस म्याचको समस्या, हिसाब किताब राम्रोसँग राख्न नसक्दा हुने समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या लगायतका बारेमा जानकारी दिएका थिए ।
व्यवसायीलाई आफूले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न समेत आग्रह गरेका थिए । उनीहरुले आफूहरु व्यवसायीहरुलाई जरिवना तिराउनु भन्दा पनि सचेतनालाई प्राथमिकता दिएर अगाडी बढेको बताए ।
व्यवसायीलाई केही समस्या भए जुन सुकै समयमा जानकारी दिन तयार रहेको उनीहरुले बताएका थिए ।
गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीले नागरिकले तिरेको कर नागरिकको विकासमा नै खर्च हुने बताए । त्यसैले कर करले नभइ रहरले तिर्नु पर्ने उनको भनाइ थियाे । करको विषयमा हेर्ने दृष्टिकोण परिवर्तन जरुरी रहेको राजवंशीले बताईन् । कर लिने प्रणाली पहिले भन्दा अहिले परिवर्तन हुँदै गएको बताए । व्यवसायीहरुले आम्दानी अनुसार कर आयकर तिर्न भएकाले त्यसै अनुसार अगाडी बढ्न आग्रह गरे । गाैरीगंज गाउँपालिका, आन्तरिक राजस्व कार्यालय दमक र झापा उद्योग वाणिज्य संघ गाैरीगंजकाे समन्वयमा गाैरीगंज कर सम्बन्धि शिविर चलाउनु पर्ने अध्यक्ष राजवंशीले आग्रह गरिन् ।
कार्यक्रममा आर्थिक ऐन २०७९ का कर छुट तथा सुविधाका बारेमा कार्यक्रममा बताईएकाे थियाे ।
झापा उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख चुडामणि आपगाई, कर अधिकृत तिलक आले मगर, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेश दाहाललगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र व्यवसायीहरूकाे सहभागिता थियाे ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ०५ बजे