१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा फेरि आगलागी, खसी बाख्रा जलेर नष्ट



गाैरीगंज ११, पुस/ गाैरीगंज गाउँपालिका वडा नं. ३ स्थित सुदामभिट्टामा वैजनाथ यादवकाे गुवाहाली घरमा आगलागी भएको छ ।
अागाे ताप्नेक्रममा राति करिब ९ बजे आगलागी भएको हो। आगलागीबाट २ वटा लामाे आकारकाे गुवाहाली, ७ वटा खसी बाख्रा , सिरक डस्ना, परालकाे कुन्यु जलेर नष्ट भएकाे वार्ड नं. ३ का वडा सदस्य सुशील राईले जानकारी दिएका छन् ।
गाैरादह नगरपालिकाकाे दमकल, ईलाका प्रहरी कार्यालय गाैरीगंजबाट खटी गएकाे प्रहरी र स्थानियहरूसमेतकाे सहयाेगमा आगाे निभाउने कार्य भईरहेकाे गाैरीगंज रेडक्रस साेसाईटीका सभापति यादव रिजालले बताए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ५९ बजे