३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

स्वतन्त्र विद्यार्थी युनियन गाैरीगंज बहुमुखी क्याम्पसद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत



गाैरीगंज १२, असाेज / स्वतन्त्र विद्यार्थी युनियन गाैरीगंज बहुमुखी क्याम्पसले स्नातक तह प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेकाे छ ।
आज क्याम्पसकै प्राङ्गणमा एक कार्यक्रमकाे आयाेजना गरि उनीहरूलाई खादा, मिठाई र अविर लगाई स्वागत गरिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष पुजन न्याैपाने, वडा नं. ३ का वडाअध्यक्ष श्रवण गिरी, वडा नं. ३ कै पुर्व वडा अध्यक्ष मखना महताे, स्ववियु सभापति देव कुमार ताजपुरिया, क्याम्पस प्रमुख सर्वतलाल राजवंशी, नेविसंघ ईकाई समितिका सभापति राेसन यादव, अनेरास्ववियु सभापति माे. ईस्तप, प्रध्यापकलगायतले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए ।
दक्षिणी क्षेत्रमा शैक्षिक गुणस्तरमा सुधार ल्याई दक्ष जनशक्ति उत्पादनमा गाैरीगंज क्याम्पसले महत्वपूर्ण भुमि खेलेकाे वत्ताहरूले बताएका थिए । क्याम्पस प्रमुख सर्वतलाल राजवंशीले क्याम्पस स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने शिक्षाप्रेमीहरूलाई तथा सहयाेगी दाताहरूलाई सदैव सम्झनु पर्ने बताउदै उनीहरूलाई क्याम्पसले कहिल्यै विर्षन नहुने बताए ।
स्ववियुले प्रत्येक वर्ष यसरी नै नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै आएकाे छ । कार्यक्रमकाे स्वागत नेविसंघका सभापति राेसन यादवले गरेका थिए भने सञ्चालन रमेेेश ताजपुुुुरियाले गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ०७ बजे