१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृष्णजन्माष्टमी रथायात्रा समिति गौरीगंजको आम्दानी खर्च सार्वजनिक, नगद जिन्सीसहितको विस्तृत विवरण



गौरीगंज ६, असोज /श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रा समारोह समिति गौरीगंजले आय व्यय विवरण सार्वजनिक गरेको छ । समितिका अध्यक्ष मुकेश कुमार साहको अध्यक्षतामा वसेको वैठकले रथयात्रामा भएको आम्दानी खर्च विवरण पारित गरेपछि समितिले हिसाबकिताब सार्वजनिक गरेको हो । समितिले श्रीकृष्ण जन्माष्ठमीको अवसरमा भाद्र ४ गते रथयात्रा निकालेको थियो । रथयात्रामा भएको सम्पुर्ण आम्दानी ( जिन्सी, नगद) र खर्च विवरण निम्न अनुसार रहेको अशोक कुमार सोनारले जानकारी दिए । उनले रथयात्रा कार्यक्रममा ढिलै भएपनि भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको बताए । यस कार्यक्रममा प्रत्यक्ष र अपत्यक्षरुपमा सहयोग गर्ने सम्पुर्ण आमा बुबा, दाजु भाई दिदीबहिनी, राजनीतिक दल, संघ संस्था, प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् ।

आम्दानी र खर्च विवरण यसप्रकार रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : ३६ बजे