१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय महिला सशक्तीकरणकाे चाैथाे साधारणसभा सम्पन्न, ९ सदस्यीय समिति चयन



गौरीगंज१० , भदाै / राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगंजले चाैथाे साधारणसभा आज शुक्रबार सम्पन्न गरेकाे छ।
गौरीगंज गाउँ पालिका वडा नं ६ काे सभाहलमा सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष कार्यक्रमकी सभापति फुलवति राजवंशीले संस्थाकाे बार्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन्।
संस्थाकाे चाैथाे साधारणसभाबाट नाैताली राजवंशीकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएकाे छ । संस्थाकाे उपाध्यक्षमा नैना भुजेल, सचिवमा अमासी राजवंशी, काेषाध्यक्षमा तिला मुर्मू चयन भएका छन् । त्यसैगरी संस्थाकाे सदस्यहरूमा सुमित्रा राजवंशी, सरस्वती बाबाजी, मनिषा राजवंशी, सुशिला ताजपुरिया र तुलसा सिग्देल चयन भएका छन् ।
वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा संस्थाकि उपाध्यक्ष सर्मिला राई राजवंशीले स्वागत गरेकि थिईन । कार्यक्रममा संस्थाकि संस्थापक तथा ग्रामीण विकास नेपालकी अध्यक्ष तथा सल्लाहकार संयाेजक वसन्त लक्ष्मी उदास, सल्लाहकार तथा पुर्व उपाध्यक्ष दिपेन्द्र थापा, वडा नं -६ कि वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी, नेपाल महिला सशक्तीकरण संस्थाकी अध्यक्ष भरिपूर्ण राई, लगायतले शुभकामना मन्तब्य राखेका थिए भने सञ्चालन संस्थाकी सचिव पुष्पलता राजवंशीले गरेकी थिइन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ११ बजे