१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रासविस गाैरीगंज – २ काेे अध्यक्षमा दिलिप राजवंशी चुनिए



गाैरीगंज २६, असार / राजवंशी समाज विकास समिति गाैरीगंज वार्ड नं. २ काे अध्यक्षमा दिलिप राजवंशी चुनिएका छन् ।
शनिवार सम्पन्न पहिलाे वडा अधिवेशनबाट अध्यक्ष पदमा दिलिप राजवंशी सहित १५ सदस्यीय वडा समिति सर्वसम्मत चुनिएका हुन् । राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष दिनेश राजवंशीकाे उपस्थितिमा वडाकाे पहिलाे अधिवेशन सम्पन्न भएकाे थियाे ।

अधिवेशनबाट वडासमितिकाे उपाध्यक्षमा टेकनारायण राजवंशी, रेखा राजवंशी, सचिवमा वीर बहादुर राजवंशी, सहसचिवमा अाेमनारायण राजवंशी, काेषाध्यक्षमा सावित्री राजवंशी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा उर्मिला, शुशिला, श्यामवती, सुमित्रा, सुवाेध, जितप्रसाद, भुवन, उमेश, अजय, देवकुमार र रघुविर रहेका छन् ।

समितिकाे सल्लाहकारमा याेगेन्द्र, हरेन्द्र, फागुलाल, जमुनालाल, नेत्र बहादुर, भिम प्रसाद, हेमकुमारी, ज्ञानु र अञ्जली राजवंशी रहेका छन् ।
त्यसैगरी गाउँपालिका अधिवेशनका लागि प्रतिनिधिसमेत चयन गरेकाे छ । त्यसैगरी समितिले गाउँपालिका अधिवेशन प्रधिनिधिका लागि अघनु राजवंशी, किनालाल राजवंशी, वैजनाथ राजवंशी , सुशिला राजवंशी र श्यामवती राजवंशीलाई पठाउने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ११ : ३७ बजे