९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरीगंज वार्ड नं. ५ र ६ मा बढी बाढीकाे प्रकाेप, सबैभन्दा कम असिनापानी



गाैरीगंज २, असार / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ र ६ काे प्रकाेप नक्सांकण र स्तरीकरण गर्दा सबैभन्दा बढी बाढीबाट प्रभावित रहेकाे देखाएकाे छ ।
स्थानिय विपद् तथा जलवायु उत्थानशिल याेजना निर्माणका लागि यहाँ बुधबार वडा स्तरिय छलफलमा प्रकाेपकाे स्तरीकरण गर्दा यस्ताे तथ्यांक देखाएकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ र ६ का जनप्रतिनिधि, पार्टी प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, सराेकारावालावीच छलफल भएकाे थियाे । वार्ड नं. ५ र ६ मा प्रकाेप स्तरीकरण गर्दा सबैभन्दा बढी बाढी, दाेस्राेमा हावाहुरी, तेस्राेमा पशु साढे र कुकुर, चाैथाेमा बाली राेग, पाँचाैंमा शीतलहर, छैठाेमा महामारी, साताैका सडक दुर्घटना, अाठाैमा अागलागी, नवाैमा सर्पदंश, दशाैमा चट्याङ, एघाराैमा असिनापानी रहेकाे छ ।
वाढीकाे उच्च जाेखिम क्षेत्र पहिचान, विपत पुर्वकाे तयारी र प्रतिकार्य याेजनासहितकाे अभिमुखिकरण तथा छलफल भएकाे थियाे ।
प्रदेश विपद् कार्यकारी समिति सदस्य तथा विपद् विज्ञ रामकुमार दाहालले सहजीकरण गरेका थिए ।
वार्ड नं. ५ का वडा अध्यक्ष विजय प्रसाद सिंह गन्गाई र वार्ड नं. ६ का वडा अध्यक्ष वद्री नारायण यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा जाेखिम क्षेत्रकाे पहिचान, जाेखिम न्युनिकरणका लागि वजेट लागत र वजेटकाे सुनिश्चितता विषयमा छलफल भएकाे थियाे भने भुस्याहा कुकुरकाे आतंकबाट बच्न संगिनी सुई लगाउने सम्मकाे विषयमा छलफल भएकाे थियाे ।
लुथरन वर्ल्ड फेडेरेशनको सहयोगमा गाैरीगंज गाउँपालिकाकाे समन्वयमा अायाेजित कार्यक्रममा सहजकर्ता सुर्य कुमार दाहाल, फेडेरेशनका कुमार चुडाल, विभिन्न पार्टी प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, सराेकारवालालगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ९ : ०८ बजे