१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाली कांग्रेस गाैरीगंजद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान



गाैरीगंज २३, जेठ/ नेपाली कांग्रेस गाैरीगंज गाउँ कार्यसमितिले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत एवं सम्मान गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाकि नवनिर्वाचित अध्यक्ष फूलवती राजवंशीसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सदस्यहरूलाई गाउँ कार्यसमितिले सम्मान गरेकाे हाे ।
नेपाली कांग्रेस गाउँ कार्यसमितिकाे सम्पर्क कार्यालयमा आईतवार आयाेजित स्वागत एवं सम्मान कार्यक्रममा अविर र खादा ओढाएर उनीहरूलाई सम्मान गरेकाे थियाे ।
नेपाली कांग्रेस प्रदेश नं. १ कार्यसमिति सदस्य तथा गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सहभागी अधिकांश वत्ताहरूले अायाेजकलाई धन्यवाद दिदै यथासिघ्र समीक्षा वैठक राख्न आग्रह गरेका थिए ।
नेपाली कांग्रेस गाउँ कार्यसमिति गाैरीगंजका सभापति अघ्नुप्रसाद राजवंशीकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सदस्य तथा उपाध्यक्षका प्रत्यासी मखना महताे, झापा क्षेत्र नं. ५ ‘क’ उपसभापति आत्माराम राजवंशी, वडा अध्यक्ष बद्रीनारायण यादव, वडासभापति देव ताजपुरिया, क्षेत्र प्रतिनिधि कमलेश्वर राजवंशी, देवनारायण सिंह गन्गाईलगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।
गाउँकार्य समितिका सचिव गाेपाल प्रसाद ताजपुरियाले सञ्चालन गरेकाे कार्यक्रमकाे माईन्युट सचिव हरिलाल यादवले लेखेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : २१ बजे