६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

झापामा कांग्रेसका तर्फबाट क–कसले पाउने भए टिकट ?




बिर्तामोड ११ , बैशाख / बिर्तामोड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट भोजराज सिटौला उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेसको १ नं. प्रदेश समितिले बिर्तामोड नगर सभापति तथा बिर्तामोड ३ का निवर्तमान वडाध्यक्ष सिटौलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । यद्धपि सो निर्णय सार्वजनिक गरिएको छैन । गठबन्धनका तर्फबाट बिर्तामोडको मेयर कांग्रेस र उपमेयर माओवादीले पाएको हो । गठबन्धन दलबीच बिर्तामोड नगरपालिकाको मेयर कांग्रेसलाई ,उपमेयर माओवादीलाई दिने सहमति बनेको हो ।

त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी , भद्रपुरको मेयरमा गणेश पोखरेल , कनकाईको मेयरमा रुद्र चिमरिया , गौरादहको मेयरमा रोहित शाह , गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी , शिवसताक्षी नगरपालिकाको मेयरमा पर्शुराम ढुंगाना , कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई , झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह ,कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशीलाई उम्मेदवार बनाउने टुंगो लागेको छ । त्यस्तै मेचीनगर नगरपालिकाको मेयरमा केशव पाण्डे, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीको संभावना रहेको पार्टी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : २६ बजे