१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमसीसीबारे कांग्रेसले प्रशिक्षण दिने : कांग्रेस सभापति थेवे




गाैरीगंज २७, फागुन / नेपाली कांग्रेस झापा जिल्ला सभापति देउकुमार थेबेले स्थानिय चुनावमा पार्टीले उठाएका उम्मेदवारप्रति अन्तर्घाग गर्नेलाई सशक्त कार्वाहि हुने भनाई दाेर्याएका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ नेपाली कांग्रेस वडा समितिकाे आयाेजनामा विहिवार भएकाे पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट तथा भेलामा दाेर्हाएका हुन् । उनी यस अघि फागुन २४ गते गाैरीगंज – २ काेराेवारीमा नेपाली कांग्रेस वार्ड नं. २ कार्य समितिले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बताएका थिए । ‘पार्टीले उठाएकाे उम्मेदवारप्रति विश्वासघात अर्थात अन्तरघात गर्ने जाे काेही कार्वाहीकाे दायरमा हुनसक्छ तपाईंहरू ढुक्क भए हुन्छ ,’ जिल्ला सभापति थेबेले थपे – त्याे पार्टीलाई क्षम्य हुदैन ।’
नेपाली कांग्रेस वार्ड नं. ५ कार्यसमितिका सभापति सन्ताेष कुमार गणेशकाे सभापतित्वमा भएकाे कार्यक्रम सभापति थेवेले सरकारले संसदबाट पास गरेकाे एमसीसीका विषयमा जनतालाई भ्रम पार्ने गरी एमाले प्रचारप्रसार गरेकाे हुनाले कांग्रेसले एमसीसीबारे स्पष्ट पार्न प्राध्यापक सहितकाे विज्ञ टाेली प्रशिक्षणका लागि जिल्ला जिल्लामा खटाईएकाे जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला सभापति थेवेले
जिल्ला भरी १३१ वार्डमा संगठन विस्तार भई टाेलसमिति गठन भई टाेलसमिति र वार्ड समितिहरूकाे परिचालन, सञ्चालन र व्यवस्थित गर्ने तर्फ सबैले लाग्नु पर्ने बताए । उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिदै भने – ‘अब याे या त्याे बहानामा माेवाईल स्वीच अफ भयाे वा चार्ज सकेर फाेन रिसिव गर्न पाईन भन्न पाईदैन यदी त्यस्ताे माेवाईल भए माेवाईल नै फेर्नुस् ।’
नदि नियन्त्रण देखि किसानलाई राहत र मलखाद्काे ब्यवस्थापनमा नेपाली कांग्रेस पार्टी झापा सदैब क्रियाशिल रहेकाे बताउँदै पार्टी सभापति थेवेले रतुवा नदीकाे तटबन्धकाे कार्य ठेकेदारले राेकेकाे अवस्थामा अाफ्नै पहलमा पुनः तटबन्धकाे कार्य शुरू भएकाे जानकारी दिए ।
कार्यक्रममा जनमत र माअाेवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश नवप्रवेशीलाई अविरलगाई स्वागत गरिएकाे थियाे ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अनिल कृष्ण प्रसाई , प्रदेश नं. १ समिति सदस्य फुलवती राजवंशी, झापा क्षेत्र नं.५ क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, क्षेत्र नं.५ प्रदेश (क) का सभापति जिवन राई , महाधिवेशन प्रतिनिधि चन्द्रा खड्का भट्टराई, महाधिवेशन प्रतिनिधि कार्तिक लाल राजवंशी, क्षेत्रिय प्रतिनिधि रत्नबहादुर राजवंशीलगायतले बाेलेका थिए । नेपाली कांग्रेस गाैरीगंज गाउँपालिका सह सचिव राजेन्द्र ताजपुरियाले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।


प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ३३ बजे