१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जग्गादाता धनञ्य प्रसाद राजवंशीद्वारा रासविस केन्द्रीय समितिकाे भवन निर्माणका लागि दिएकाे जग्गाकाे धनीपुर्जा हस्तान्तरण



गाैरीगंज २ , माघ / राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयको भवन बन्ने आधार तयार भएको छ । झापा गौरीगन्ज गाउँपालिका–६ खजुरगाछी बस्ने धार्मिक तथा सामाजिक व्यक्तित्व धनञ्जयप्रसाद राजवंशी (बाबुलाल)ले सो संस्थाको भवन निर्माणका लागि ३० लाख रुपैयाँ बराबरको ३ कठ्ठा जग्गा दिएपछि भवन निर्माणको आधार तयार भएको हो ।
उनले आज आइतवार राजवंशी समाज विकास समितिका केन्द्रीय सल्लाहकार देवी प्रसाद राजवंशी र राजवंशी समाज विकास समितिका केन्द्रीय सदस्य तथा आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमल प्रसाद राजवंशीलाई संयुक्तरूपमा जग्गाकाे धनीपुर्जा हस्तान्तरण गरेका हुन् ।
दमक स्थित मालपाेत कार्यालयमा समाजसेवी धनञ्यप्रसाद राजवंशीले गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे सिट नं. १७९/०६५७ काे किता नं. २३८३ काे ३ कठ्ठा जग्गा भवन निर्माणका लागि सामाजिक संस्था राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयलाई दान दिएका हुन् ।

सञ्चारकर्मीसमेत रहेका आत्माराम राजवंशीका अनुसार समाजसेवी तथा धार्मिक व्यक्तित्व धनञ्जयले भवन निर्माणका लागि सोही ठाउँको तीन कठ्ठा जग्गा निःशुल्कमा दान दिएकाे बताए ।

धनञ्जयले भने, ‘जीवनभर केही ठूलो काम गर्न सकिएन, संस्थाको भवन निर्माणमा सहयोग गर्ने चाहनाले जग्गा उपलब्ध गराउन लागेको हुँ ।’ उनले उपलब्ध गराउने जग्गा संस्थाको नाममा पास गर्न तयारीमा संस्था जुटेको सल्लाहकार देवीप्रसादले बताए । 
जग्गा संस्थाको नाममा अाईसकेकाेले भवन निर्माणका लागि तयारी थालिने छ । भवन निर्माणका लागि संस्थाले लामो समयदेखि जग्गा दिने दाताको खोजी गरिरहेको थियो ।  हस्तान्तरण कार्यक्रममा जग्गादाताका छाेरा विश्वनाथ राजवंशी, राजवंशी समाज विकास समिति गाैरादहका सदस्य तुलसी राजवंशी, काेचिला न्युजका सम्पादक आत्माराम राजवंशी, लेखापढी संघ दमक ईकाईका पुर्व उपाध्यक्ष गाैरसिंह राजवंशी, ताजपुरिया समाज कल्याण परिषद केन्द्रीय समितिका पुर्व काेषाध्यक्ष विक्रम ताजपुरिया, राजवंशी समाज विकास समिति गाैरादहका सदस्य गंगाराम राजवंशी, युवा समाजसेवी प्रकाश चन्द्रसिंह राजवंशीलगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ५ : ०६ बजे