६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

छाेरीकाे जन्मदिनमा छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरेर जन्मदिन मनाए



गाैरीगंज २६, पुस / जन्माेेेत्सव हाेस् वा विवाहकाेे उत्सव । अचेेल नयाँ पिढिका युवाहरू पार्टी महल र राम्राे हाेटलमा गएर तामझामकासाथ मनाउने गर्छन् । तर, त्यस परिपाटीकाे सिकाे नगरी यहाँको एक दम्पतिले आईतवार आफ्नाे छाेरीकाे जन्माेत्सवमा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका छन् ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने युवा व्यवसायी केशव ढुंगाना र रक्षा ढुंगानाले आफ्नी छाेरी प्रगति ढुंगानाकाे जन्मदिनकाे अवसरमा गाैरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित चिल्हारा प्राविका ६५ जना छात्रछात्रालाई कपि, पेन्सिल, कटर र ईरेजर प्रदान गरे ।

ढुंगाना दम्पति हाल चीनकाे गुन्जाहाे शहरमा विगत ८ वर्षदेखि बसाेवास गर्दै आएका छन् । तकसुन टेक्नोलोजी हङ्कङ्ग लिं. कम्पनीका प्रमुख युवा व्यवसायी केशव ढुंगानाले चिनबाटै अन्तर्राष्ट्रियस्तरमा आफ्नाे व्यवसायी सेवा विस्तार गरेका छन् । उनले भने – ‘म समाजसेवा गर्न चाहान्छु । मलाई आफू जन्मेेेेकाे ठाउँकाे लागि समाजसेवामा केही गर्नेे ईच्छा भएकाेले सानाे भएपनि सहयाेग गरेकाे हुँ ।’
गौरिगंंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने जगरनाथ ढुङ्गाना तथा दुर्गादेबी ढुंगानाका छाेरा केशव ढुंगाना खजुरगाछी माविमै कक्षा ६ सम्मकाे शिक्षा लिएका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ३८ बजे