१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा मेयर कप पालिका स्तरिय कराँते प्रतियोगिता हुदै



गौरादह २४, पुस /झापाको गौरादहमा अन्तरपालिका स्तरीय कराते प्रतियोगिता सुरु भएकाे छ। गौरादह नगर खेलकुद बिकाश समितिले मेयर कप अन्तरगत विभिन्न उमेर समुहमा कराते प्रतियोगिता संचालन गरेकाे हाे। सामुदायिक भवन गौरादहमा संचालन गरिएकाे प्रतियोगितामा झापा जिल्ला भित्रका १२ वटा पालिका सहभागी भएका छन। कराते प्रतियोगितामा विभिन्न उमेर समुहका पुरुष महिला सहित १ सय ४४ खेलाडी सहभागी भएकाे आयाेजक समितिका सचिब निर्मल बाँस्ताेलाले जानकारी गराए। शुक्रबार सुरु भई शनिबार सम्पन्न हुने खेलमा पहिलाे दिन पुरुष तर्फ ४२, ४७ र ५२ केजी र महिला तर्फ ४० र ४५ केजी तौल समुहका खेल सम्पन्न हुने आयाेजकका प्रशिक्षक बिष्णु नेम्वाङले बताए। शनिबार पुरुष तर्फ ५७ केजी र त्याे भन्दा माथिका उमेर समूह र महिला तर्फ ५०, ५५ र त्याे भन्दा माथिका उमेर समुहका खेलाडीहरु बिच प्रतिस्पर्धा गराइने करातेका प्रशिक्षक नेम्वाङले बताए। शनिबार खेल सम्पन्न भएपछि उत्कृष्ट हुने खेलाडीलाई ट्रफीका साथै सबै खेलाडीलाई मेडल र प्रमाणपत्र बितरण गरिने आयाेजकले जनाएको छ।गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार शाहले औपचारिक कार्यक्रमका बिच खेलकाे उद्घाटन गरेका छन। खेलकाे उद्घाटन गर्दै मेयर साहले नगरपालिका भित्र रहेका खेलाडीका प्रतिभालाई प्रस्फुटन गर्न र कराते खेल खेल्ने खेलाडीहरुलाई प्राेत्साहन गर्न प्रतियोगिता आयाेजना गरिएकाे जानकारी गराए।गौरादह नगर खेलकुद बिकाश समिति अध्यक्ष हेमन्त कार्कीकाे सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बरिस्ठ कराते प्रशिक्षक मदन उप्रेतीले शुभकामना मन्तब्य राखेकाकाे नेपाल सिताेरियाे कराते गाैरादह नगर समितिका सचिव भाेला चक्रवतीले बताए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ११ : २१ बजे