४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश ‘क’ काे वनभाेज कार्यक्रम, एकताकाे सन्देश फैलिएकाे कांग्रेस नेताहरूकाे भनाई



गाैरीगंज १०, पुस / झापा क्षेत्र नं. ५ प्रदेश (क) समितिले आज शनिवार वनभाेज कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्वव थापाकाे प्रमुख आतिथ्यतामा भएकाे वनभाेज कार्यक्रम ‘एकता’काे कार्यक्रमकाे रूपमा आयाेजना गरिएकाे हाे ।
नेपाली कांग्रेसकाे १४ औ महाधिवेशन सकिए लगतै भएकाे कार्यक्रममा महाधिवेशनका क्रममा भएका तिक्त्ता र मनमुटावलाई विर्सेर एकता र सहकार्य गरी अगाडि बढ्नु पर्ने नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्वव थापाले बताएका छन् ।
उनले सम्पन्न हुने आगामी स्थानिय, प्रदेश र संघकाे निर्वाचनमा सबै कांग्रेसी एक भएर पार्टीलाई जिताउनु पर्ने आग्रह गरे ।
प्रदेश सभापति थापाले नेपाली कांग्रेसकाे महाअधिवेशन आन्तरिक प्रतिस्पर्धा मात्र भएकाेले अधिवेशनलाई सहजरूपमा लिई सद्वभाव र एकताकाे सन्देश प्रदेश भरी फैलाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।
झापा क्षेत्र नं. ५ (क ) समितिकाे आयाेजनामा माेरङ्गकाे मंगलवारे सिमसार क्षेत्रमा भएकाे कार्यक्रममा नेपाली प्रदेश नं. १ का महामन्त्री खड्ग फागाे, जिल्ला सचिव कृष्ण हुमागाई, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि राजन ढुंगाना, कमल गाउँपालिकाका सभापति बुद्वी न्याैपानेलगायतले बाेलेका थिए । कार्यक्रममा प्रदेश नं. १ का प्रदेश सदस्य हुकुमसिंह राई, प्रकाश कार्की, भुमिराज राई, झापा जिल्ला सभापति देउमान थेबे, जिल्ला सचिव कृष्ण हुमागाई, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधिहरू, नगर र गाउँ सभापतिहरू, वडा सभापतिहरू, क्षेत्रिय प्रतिनिधिहरू, वडा सचिव तथा सदस्यहरूलगायतकाे सहभागीता थियाे ।
झापा क्षेत्र नं. ५ प्रदेश ‘क’ का सभापति जिवन राईले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पारेका थिए । झापा क्षेत्र नं. ५ प्रदेश ‘क’ का सभापति जिवन राईकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे स्वागत उपसभापति आत्माराम राजवंशीले गरेका थिए भने सञ्चालन सचिव भिम अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ०२ बजे