१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ग्वालडुब्बा युवा समुहद्वारा उपहार कार्यक्रमसहित दाताहरूलाई सम्मान



गाैरादह १६, मंसिर / ग्वालडुब्बा युवा समुह गाैरादहले काेभिड -१९ महामारीका समयमा राहत वितरणमा आर्थिक सहयाेग गर्ने सहयाेगीहरूलाई सम्मान गरेकाे छ ।
युवा समुहले गाैरादह नगरपालिका वार्ड नं. ७ ग्वालडुब्बा बजारमा आयाेजित औपचारिक कार्यक्रममा १६ जना सहयाेगीलाई मंगलबार सम्मान गरेकाे हाे । उनीहरूलाई गाैरादह नगरपालिकाका नगर प्रमुख राेहित कुमार साहकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमाणपत्रसहित सम्मान गरेकाे थियाे ।
त्यसैगरी युवा समुहले उपहार कार्यक्रमसमेत सञ्चालन गरेकाे थियाे । उपहार कार्यक्रमसहित दातालाई सम्मान पत्र र दाताहरूले दिएकाे सहयाेगकाे रकम सार्वजनिक तथा संस्कृतिक कार्यक्रम गरिएकाे थियाे ।
ग्वाल्डुब्वा युवा समुहका संस्थापक अध्यक्ष भोला चक्रवर्ती ( रन्जित ) को सभापतित्वमा भएकाे कार्यक्रममा विशेष अतिथिहरू संघिय सासंद महेन्द्रा लिम्बू सुब्बा, गौरिगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ , अतिथिहरू गौरादह नगरपालिकाका उपप्रमुख गिता भेटुवाल , गौरिगंज गाँउपालिकाका उपप्रमुख दिपेन्द्र थापा , गौरादह वडा नं. १ वडा अध्यक्ष नगेन्द्र भण्डारी , गाैरादह वडा नं. ६ का वडा अध्यक्ष खडग पराजुली , गाैरादह वडा नं. ८ का वडा अध्यक्ष भुमिराज पोख्रेल, वडा नम्बर ७ का अध्यक्ष बलराम खरेल, वडा नम्बर ९ का अध्यक्ष सिताराम भट्टराई , वडा नम्बर ३ का अध्यक्ष गजेन्द्र घिमिरे , वडा नम्बर २ का अध्यक्ष हेमन्त कार्की , नेपाली कांग्रेस प्रदेश ५ ‘क’ का सभापति जीवन राई, उपसभापति तथा पत्रकार आत्माराम राजवंशी, महाधिवेशन प्रतिनिधि रेजिना भट्टराई प्रसाईं, दमक कांग्रेसका सभापति प्रकाश प्रसाईं, नेपाली कांग्रेसका प्रदेश प्रतिनिधिहरू, नेपाली कांग्रेसका जिल्ला सदस्यहरू, माअाेवादी केन्द्रका प्रतिनिध, एमाले पार्टीका प्रतिनिध लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाे उपस्थितिमा सम्पन्न कार्यक्रमकाे सञ्चालन निर्मला रिमाल र युवा समुहका सचिव हाेम उप्रेतीले गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १ : ३५ बजे