१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घर निर्माण राेक्न अख्तियारबाट गाैरीगंज गाउँपालिकालाई पत्र तर पनि निर्माण कार्य राेकिएन



गाैरीगंज ३०, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजारमा माप दण्ड विपरित घर निर्माण गरिरहेकाे भन्दै गाउँपालिकाले निर्माण कार्य राेकेकाे थियाे । तर गाउँपालिकाकाे पत्रलाई वेवास्ता गरि केही व्यक्तिहरूले उत्त जग्गाहरूमा घर निर्माण कार्य जारी राखेपछि गाउँपालिकले आवश्यक निर्णय लिने भएकाे छ ।
गाैरीगंज गाउँपालिकाले गाैरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने जयनारायण दास, राजेश साह र माेहिनी देवी साहकाे नाममा घर निर्माण कार्य राेक्का गरि दिन साउन १५ गते पत्र पठाएकाे थियाे ।
तर गाउँपालिकाकाे पत्रलाई वास्ता नगरी
जयनारायण दासले साविक किता नं. २७०, हालकाे किता नं. ९०५, राजेश साहले साविक किता नं. २७० काे हालकाे किता नं. ९०४ र माेहिनी देवी साहले साविक किता नं. २७० कै हालकाे किता नं. ९०८ मा घर निर्माण गरिरहेका हुन् । उनीहरूलाई गाउँपालिकाले आवश्यक छलफल नहुन्जेल घर निर्माण नगर्न भनी पत्र पठाएकाे थियाे तर उनीहरूले घर निर्माण कार्य जारी राखेका छन् ।



घर निर्माण राेक्न अख्तियारबाट गाउँपालिकालाई पत्र

गाैरीगंज गाउँपालिका वार्ड नं. ६, साविक खजुरगाछी गाविस वार्ड नं. ६ मा २०२२ सालमा भुमिसुधारबाट नापी सर्भे भएकाे, २०१९ सालदेखि हाट बजार लाग्दै आएकाे र २०५३ सालकाे नापी गाेश्वराबाट सर्भे भई सिट नं. १७९-०६९७-४ काे किता नं. २७० ,४६५ र ९६० हाट बजार लाग्ने सरकारी जग्गा ठहर भएकाे भएपनि उत्त जग्गाहरूमा घर निर्माण गराएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अायाेगमा उजुरी परेकाे बुझिएकाे छ । उत्त उजुरी पत्र सम्बन्धमा बुझ्न जिल्ला प्रशासन कार्यालय झापा, ईलाका प्रशासन कार्यालय गाैरीगंज र गाैरीगंज गाउँपालिकालाई अख्तियारले पत्रसमेत पठाएकाे छ ।
उत्त जग्गाहरूमा घर निर्माणका लागि गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बद्री नारायण यादवले उनीहरूलाई प्राेत्साहन गरेकाे उजुरी पत्रमा उल्लेख भएकाे स्राेतकाे दावी छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले हाट बजार लाग्ने गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीकाे किता नं. २७०, ४६५ र ९६० जग्गा सरकारी भएकाे र उत्त जग्गाहरूमा केही व्यक्तिहरूले घर निर्माण गरिरहेकाे भनी अख्तियारबाट पत्र आएकाे हुदाँ तत्काल घर निर्माण राेक्न पत्र पठाएकाे बताए ।
गाउँपालिकाबाट पठाएकाे पत्रलाई वेवास्ता गरि घर निर्माण गरिरहेकाेले भाेली वैठक बसी आवश्यक निर्णय लिने पनि जानकारी गराए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजार हुलाकी सडकसंग जाेडिएकाे उत्त जग्गाहरू तत्कालिन गाविसले बजार बसाउन व्यापारीहरूलाई अस्थायी टहरा निर्माण गरि व्यापार व्यवसायी गर्न पट्टा पुर्जा दिएकाे यहाँका पुराना बासिन्दाहरू बताउँछन् यद्यपि सरकारले पट्टा पुर्जा जग्गाका विषयमा ठाेस नीति लिएकाे देखिदैन । बजारका कतिपय व्यापारीहरूले पहुँचकाे अाधारमा तत्कालिन गाविसले दिएकाे पट्टा पुर्जा जग्गालाई आफ्नाे नाममा जग्गाधनी पुर्जासमेत निकाली भाेकचलन गरिरहेका छन् भने धेरैले बेचविखनसमेत गरिसकेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : १७ बजे